Wp/kip/नवलपरासी जिल्ला

< Wp | kip
Wp > kip > नवलपरासी जिल्ला

नवलपरासी जिल्ला नेपालला लुम्बिनी अञ्चलल परिने तोबो जिल्ला सा। नवलपरासी नेपालए तोबो जिल्लाए मिन सा। पूर्बए नवलपुर सन पश्चिमए परासी क्षेत्र गाभेर २०१८ सालमा यस जिल्लालाई नवलपरासी नामाकरण गरिएको हो। त्यस भन्दा अघि यस जिल्ला लाई रूपन्देही जिल्लाको पाल्ही माझखण्ड भनिन्थ्यो।[1]

परिचय

edit

नवलपरासी जिल्ला लुम्बिनी अञ्चलमा पर्दछ। यो नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको एउटा जिल्ला हो। यो जिल्लाको सदरमुकाम परासी बजार हो। मुख्य व्यापारीक केन्द्रहरू मा परासी,भुमही सुनवल, कावासोती, गैडाकोट आदि छन। मुख्य आय स्रोत कृषी, उधोग, व्यापार, पर्यटन आदि हुन। यहाँ नेपालको धेरै ठाउँबाट बसाइ सरेर आएका बासिन्दा छन। तर स्याङ्जा, पाल्पा, अर्घाखाँची, तनहुँ, गुल्मी, प्युठान जस्ता जिल्लाबाट आउनेहरूको संख्या तुलनात्मक रूपमा धेरै पाइन्छ। नवलपरासी भौगोलिक हिसाबले पहाड, भित्री मधेशमधेश गरी तीन भागमा बिभाजीत छ। यसको भित्रि मधेश क्षेत्रलाई नवलपुर पनि भनिन्छ। यो जिल्लाको उत्तरमा पाल्पातनहुँ, पश्चिममा रूपन्देही, पूर्व र दक्षिणमा चितवन र दक्षिणको केही भाग भारतसँग जोडिएको छ। चितवन राष्ट्रिय निकुन्जमा नवलपरासीको ठूलो जंगल पर्दछ। घोरल हेर्नको लागि जिल्लाको उतरी भेगको देउराली गाविस बाट सकिन्छ। बाघ भालु हेर्न जाने मनोरन्जनात्मक स्थान टाइगर टप यहाँ पर्दछ। कुनै जमानामा एक सिङ्गे गैँडाको बासस्थान भएको गैडाकोट (कोट = वासस्थान) यहीँ पर्दछ। नवलपरासीको गैडाकोट र चितवनको नारायणगढलाई नारायणी नदीले छुट्ट्याएको छ भने तनहुँको देवघाटसँग नवलपरासीको गैडाकोटलाई गण्डकी नदीले छुट्ट्याएको छ। पूर्व-पश्चिम राजमार्गको मध्यभाग भनेर राजा महेन्द्र शाहले शिलान्यास गरी राजमार्ग निर्माण सुरू गरेको स्थान शिलान्यासमा शिलालेख हेर्न पाइन्छ।[1]

जनसंख्या

edit

राष्ट्रिय जनगणना २०६८ अनुसार नवलपरासी जिल्लाको कूल जनसंख्या ६,४३,५०८ जना मध्ये पुरुष ३,०३,६७५ जना र महिला ३,३९,८३३ मध्ये १,२८,७९३ व्यक्तिगत घरधुरिमा बसोबास गर्दछन |

भौगोलिक अवस्थिति

edit
  • अक्षांश:- २७.२१" — २७.४७" उत्तर
  • देशान्तर:- ८३.३६" — ८४.२५" पूर्व
  • सिमाना:- पूर्व-[[|चितवन जिल्ला|चितवना]], पश्चिम-[[|रुपन्देही जिल्ला|रूपन्देही]], उत्तर-[[|पाल्पा जिल्ला|पाल्पा]] र [[|तनहुँ जिल्ला|तनहुँ]] , दक्षिण-भारतको उत्तर प्रदेशबिहार[1]
  • क्षेत्रफल:- २,१६२ वर्ग किलोमिटर
  • अधिकतम उचाई:- १९३६ मिटर
  • न्युनतम उचाई:- ९१ मिटर

समुन्द्री सतहबाट करिब ९१ मि देखि १,९३६ मिटरसम्मको उचाईमा अवस्थित जिल्लाको पूर्व-दक्षिण भागमा नवलपुर पश्चिम-दक्षिण भागमा तराई उत्तर-पूर्व र उत्तर-पश्चिम भागमा महाभारत पर्वत श्रृङ्खलाको चुरे पहाडी क्षेत्र पाइन्छ।[1]

नवलपरासी जिल्ला भौगोलिक रूपमा पनि सम्पन्न एवं भिन्नै पहिचान बोकेको तीन तल्ले जिल्लाको रूपमा सुपरिचित रहेको छ। यहाँ पहाडी प्रदेश, भित्री मधेश र तराई प्रदेश रहेका छन। यसै भौगोलिक विविधताका कारण नेपाल भरिकै हावापानी वातावरण र संस्कृति यहाँ पाइन्छ। यहाँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम ४४ डिग्री सेल्सियससम्म रहेको पाइन्छ।[1]

कालीगण्डकी करिडोर अन्तर्गत नारायणी नदीको कंचन जलप्रवाहबाट सदियौं देखि सिंचित यस जिल्लामा विविध जातजाति भाषाभाषी धर्म संस्कृतिको सम्श्रिण पाइन्छ। यहाँ जनगणना २०५८ अनुसार ५,६२,८७० जनसंख्या रहेकोमा नेपाल अधिराज्यमै सबै भन्दा बढी कुमाल र रजभार जातिको बसोबास समेत रहेको पाइन्छ।[1]

धार्मिक तथा पर्यटकीय क्षेत्र

edit
  • रामग्राम स्तुप
  • त्रिबेणीधाम
  • पाल्हीभगवती मन्दिर
  • गजगढाधाम
  • सीतामढी
  • राधाकृष्ण मन्दिर
  • नागबाबा मन्दिर
  • कोहार मन्दिर
  • रामजानकी मन्दिर
  • बालपुरी कुटी
  • मद्रासी बाबा
  • शिबमन्दिर
  • दाउन्ने देवी
  • कैलाश आश्रम
  • बर्दगोरिया कुटी
  • मौलाकालिका मन्दिर
  • रुम्सी
  • कुमारवर्ती
  • महाराजथान
  • रुद्रपुरगढी
  • सिक्रौलीघाट
  • पितौजीघाट
  • मितेरीघाट
  • भृकुटीघाट
  • लेडाघाट
  • देवघाट धाम
  • ठांडीटारघाट
  • [[|नारायणगढ|नारायणघाट]]
  • मौसरघाट
  • जलदेबीघाट
  • बालीघाट
  • गडगडीघाट
  • पण्डितपुर
  • ब्यंकटेश मन्दिर आदि।
  • कोटही देबि जर्गाह
  • बाबा बर्दगोरिया

    भौतिक पूर्वाधार

    edit

    यो जिल्लामा धेरै कल कारखानाहरु छन् जस्तै श्री डिस्टिलरि, चौधरी ग्रुप, भृकुटी पल्प एण्ड पेपर लिमिटेड, एम् के पेपर् मिल् आदि

    सन्दर्भ सामाग्रीहरू

    edit

    बाहिरी कडीहरू

    edit

    आआे पनि रङच्योके

    edit
    1. मेची
      1. झापा
      2. इलाम
      3. पाँचथर
      4. ताप्लेजुङ
    2. कोशी
      1. मोरङ
      2. सुनसरी
      3. भोजपुर
      4. धनकुटा
      5. तेह्रथुम
      6. संखुवासभा
    3. सगरमाथा
      1. सप्तरी
      2. सिराहा
      3. उदयपुर
      4. खोटाङ
      5. ओखलढुङ्गा
      6. सोलुखुम्बु
    4. जनकपुर
      1. धनुषा
      2. महोत्तरी
      3. सर्लाही
      4. सिन्धुली
      5. रामेछाप
      6. दोलखा
    5. बाग्मती
      1. काठमाडौं
      2. भक्तपुर
      3. ललितपुर
      4. धादिङ
      5. काभ्रेपलान्चोक
      6. नुवाकोट
      7. रसुवा
      8. सिन्धुपाल्चोक
    6. नारायणी
      1. बारा
      2. पर्सा
      3. रौतहट
      4. चितवन
      5. मकवानपुर
    7. गण्डकी
      1. गोरखा
      2. कास्की
      3. लमजुङ
      4. स्याङ्जा
      5. तनहुँ
      6. मनाङ
    8. लुम्बिनी
      1. कपिलवस्तु
      2. नवलपरासी
      3. रुपन्देही
      4. अर्घाखाँची
      5. गुल्मी
      6. पाल्पा
    9. धवलागिरी
      1. बागलुङ
      2. म्याग्दी
      3. पर्वत
      4. मुस्ताङ
    10. राप्ती
      1. दाङ
      2. प्युठान
      3. रोल्पा
      4. रुकुम
      5. सल्यान
    11. भेरी
      1. बाँके
      2. बर्दिया
      3. सुर्खेत
      4. दैलेख
      5. जाजरकोट
    12. कर्णाली
      1. डोल्पा
      2. हुम्ला
      3. जुम्ला
      4. कालीकोट
      5. मुगु
    13. सेती
      1. कैलाली
      2. अछाम
      3. डोटी
      4. बझाङ
      5. बाजुरा
    14. महाकाली
      1. कन्चनपुर
      2. डडेलधुरा
      3. बैतडी
      4. दार्चुला