Wq/ne/विकिकथन:विकिकथन स्वशिक्षा
परिचय | सम्पादन | रूपरंग | विकिकथन जोड | सन्दर्भ र स्रोत | वार्तालाप पृष्ठ | ध्यान राख्नुहोस् | पंजीकरण | जाँदा जाँदै |
विकिकथन लेख-सम्पादन स्वशिक्षा
editविकिकथन धेरै सदस्यहरूकी सहयोगले बनेको एक बृहद उक्तिको संग्रहको हो जसमा तपाईं आफ्नो योगदान सजिलैसित दिन सक्नुहुन्छ । यो पाठले तपाईंलाई विकिकथनको योगदानकर्ता बन्नमा सहायता गर्नेछ ।
यस पाठका पृष्ठहरूले तपाईंलाई विकिकथनका लेख लेख्ने उचित तौर-तरिकाहरूको बारेमा अवगत गराउनेछन, अथवा लेख कसरी लेखिनु पर्छ र के सामाग्री उचित-अनुचित हो ? भन्नेकुराको ज्ञान प्राप्त हुनेछ । यो पाठले तपाईंलाई विकिकथन सदस्य-समाज, नीतिहरू र व्यवहारका बारेमा पनि बताउनेछ ।
यो एक आधारिक पाठ हो, र यसमा सबै विषयहरूमा विस्तृत जानकारी छैन । तपाईंलाई यस्ता चीजहरूमा ज्ञान अन्य पृष्ठहरूमा मिल्नेछ जसको लागि स्थान-स्थानमा जोड (लिंक) दिइएको छ । तिनलाई पढ्नका लागि, तपाईं आफ्नो ब्राउजरमा अन्य ट्याबहरूमा ती लिंकहरू खोल्न सक्नुहुन्छ ।
सिक्दा-सिक्दै तपाईं प्रयोगस्थल ("स्यान्डबक्स") पृष्ठहरूमा आफ्नो हात पनि बसाउन सक्नुहुन्छ । यो पृष्ठमा तपाईंलाई आफ्नो चाहना अनुसार फेर-बदल गर्न र जस्तोसुकै प्रयोग गर्न! कुनै रोक-तोक छैन र प्रयोगस्थलमा तपाईं जतिनै उल्टा-सीधा खिचडी पकाउनुहोस, कसैलाई कुनै आपत्ति हुनेछैन र कुनै नराम्रो पनि मानिनेछैन ।
आउनुहोस, सम्पादनका बारेमा सिकौं !