Wq/ne/प्रेम

< Wq‎ | ne
Wq > ne > प्रेम

माया प्रयोगको हिसाबले नेपाली भाषामा माया (अङ्ग्रेजी: Love)को सामान्य अर्थ कुनै जीव-प्राणि अथवा वस्तु प्रति मनै देखि चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तु प्रतिको आकर्षण हो ।

लभ चिह्न

भनाई edit

  • आफ्नो प्रेम त्यसका निम्ती खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन ।

विलियम शेक्सपियर

  • प्रेम आकर्षण मात्र हो ।

निशा शर्मा

  • हामी सबै प्रेमका निम्ती जन्मेका हौ । यहि नै अस्तित्वको सिद्धान्त हो ।

बेन्जामिन डिजराइली

  • थाहा छ, तिमी प्रेममा छौ जब तिमी राती सुत्न चाहदैनौ, किनभने तिम्रो वास्तविकता सपना भन्दा प्यारो छ ।

डा सिअस्

  • सन्तान जन्माउँदैमा श्रीमान्लाई दिने मायामा कमी हुँदैन । बच्चा जन्माइसकेपछि धेरै समय बच्चालाई दिनुपर्ने भएको कारणले गर्दा श्रीमान्लाई पूरै समय दिन नसकिने हो । यदि बच्चालाई दिइने मायामा कमी भयो भने बच्चा हुर्कन सक्दैन ।
  • प्रेम बाँच्ने आधार हो । प्रेमविना मानिस मात्र होइन, संसारका कुनै पनि प्राणी बाँच्न सक्दैनन् ।

मेलिना मनान्धर

  • संसारका लागि तिमी मात्र एक मान्छे हौ, तर मात्र एक मान्छेका लागि तिमी पुरै संसार हौ ।

विल विल्सन

  • प्रेम शान्ति प्राप्त गर्न गरिने कुरा हो। यसको क्लाइमेक्स त विवाह नै हो। प्रेम भनेको छोरा-छोरी पाउन गर्ने त रै'छ नि! जीवनसँग गहिरो नाता छ प्रेमको, सुखका बेला सबै हुन्छन् दुःखको बेला प्रेम गर्ने श्रीमती र परिवारबाहेक कोही हुँदैनन्।

प्रकाश ओझा

  • प्रेम मेरो लागि एउटा भावना हो । अनुभूति हो । यदि तपार्इंले आफ्नो हृदयमा कसैको लागि केही महसूस गर्नुहुन्छ भने त्यो नै प्रेम हो ।
  • प्रेम भनेको एक आपसमा माया गर्नु मात्र होइन । एक आपसलाई रेस्पेक्ट गर्नु र बुझ्नु नै प्रेम हो ।

राजेश हमाल

  • जानिराख तिमीले जती प्रेम बाढ्छौ उतीनै प्रेम प्राप्त गर्दछौ ।

अज्ञात