Wn/ne/प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

< Wn‎ | ne
Wn > ne > प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

नेपाल निर्वाचन आयोगले १० र २१ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराएको थियो । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले १० र २१ मंसिर बिहान ७ देखि ५ जेसम्म मतदानको समय निर्धारण गरेको थियो ।

चुनाब २०७४ मंगसिर २१

मतगणना४५ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि भइरहेका चुनावमा समानुपातिक र प्रत्यक्ष चुनाव प्रणाली अन्तर्गत १० हजारभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन् ।

दोस्रो चरणको मतदान प्रतिनिधि सभाका १ सय २८ र प्रदेश सभाका २ सय ५६ निर्वाचन क्षेत्रमा भइरहेको चुनावमा १ करोड २२ लाखभन्दा बढी मतदाता मतदानका लागि योग्य रहेको आयोगले जनाएको छ। साँझ ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने आयोगले बताएको छ। आयोगका अनुसार मतदाताले मतदान केन्द्रमा मोबाइल, लाइटर तथा अन्य सामान लैजान रोक लगाइएको छ। बिहीवारको मतदान सम्पन्न हुना साथ पहिलो चरणको मतदान भएका ३२ जिल्लामा मतगणना शुरु हुने आयुक्त ईश्वरी पौड्यालले बताएका छन्। उनका अनुसार थोरै मतदाता भएका क्षेत्रमा मतगणना शुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको प्रतिनिधि तथा प्रदेश सभाको नतिजा आउनेछ।

स्रोत edit

bbc nepal