Wn/ne/चुनाव संपन्न हैतिहासिक संयुक्तराष्ट्रसंघ

< Wn‎ | ne
Wn > ne > चुनाव संपन्न हैतिहासिक संयुक्तराष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले नेपालले दुई चरणमा संघीय र प्रान्तीय सभाका लागि निर्वाचन सम्पन्न गरेकोमा स्वागत गरेको छ। न्यूयोर्कमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका प्रवक्ताले एउटा विज्ञप्ति जारी गर्दै महासचिवले बधाई दिएको बताएका हुन्। राष्ट्रसंघका महासचिवले चुनावी प्रक्रियाको आगामी चरणमा पनि मिलेर अघि बढ्न दलहरुलाई सुझाव दिएका छन्। महासचिव गुटेरसले सरकार, राजनीतिक दल र नागरिक समाजलाई समावेशी र प्रतिनिधिमूलक शासन सुनिश्चित गर्ने प्रयास जारी राख्न प्रोत्साहन गरेको उनका प्रवक्ताले जनाएका छन्। खर्चिलो चुनावले भ्रष्टाचार मौलाउने चेतावनी

सहयोग edit

राष्ट्रसंघले त्यस्ता प्रयासलाई सहयोग गर्न आफू तयार रहेको पनि जनाएको छ। एक दशक लामो सशस्त्र द्वन्द्वको समाप्तिपछि गणतान्त्रिक शासन व्यवस्था लागू भएयता नेपालले यसै महिना प्रदेश तथा प्रतिनिधि सभाका लागि चुनाव सम्पन्न गरेको थियो। त्यस्तै झण्डै दुई दशकपछि यसै वर्ष नेपालले तीन चरणमा स्थानीय तहका चुनाव सम्पन्न गरेको थियो। सफलतापूर्क चुनाव सम्पन्न हुनुलाई नेपालको संक्रमणकाल अन्त्य भएको रुपमा हेरिँदैछ। [1]

  1. बीबीसी नेपाली