Wy/ne/सगरमाथा

< Wy‎ | ne
Wy > ne > सगरमाथा

सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाई समुन्द्र सतहबाट ८,८४८ मिटर (२९,०२८ फिट) छ । यो नेपालको सोलुखुम्बु जिल्ला को खुम्बु पासाङल्हामु गाउँपालिका मा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । विशेष गरी थुलुङ राई स्थानियवासीहरू सगरमाथालाई चोमोलुङ भन्दछन् । सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामाकरण गरिएको थियो । पछि सन् १९५६ (बि.स. २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्य ले यसको नाम सगरमाथा राखेका हुन साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन् । यसलाई कतै कतै देवढुङ्गा पनि भन्ने गरेको पाइन्छ । सगरमाथा शिखरमा सर्वप्रथम, सन् १९५३ मे २९ तारिखको दिन बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारी ले पाइला राखेका थिए ।

यात्रा edit

सगरमाथा क्षेत्रमा हेर्ने ठाउँहरू edit

  • नाम्चे बजार
  • तेङ्बोचे
  • गोक्यो भ्यालि
  • खुण्डे र खुमजुङ्
  • सगरमाथा आधार सिविर
  • सगरमाथा नेसनल पार्क


सगरमाथा क्षेत्रमा गर्न मिल्ने edit

  • ट्रेकिङ
  • चरा हेर्न
  • पर्वतारोहण
  • पर्वत अवलोकन
  • स्थानिय मानिसलाई भेट्न
  • स्काई डाइभिङ