Wy/ne/पाथिभरा

< Wy‎ | ne
Wy > ne > पाथिभरा

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ ।

पाथीभरा देवीको प्रतिमा

यात्रा edit

पाथीभरा देवीको मन्दिर निक्कै उचाईमा (३७९४ मिटर) रहेकोले यहाँको तापमान हमेशा शून्य (०) को हाराहारीमा झर्ने गर्दछ । अतः तीर्थयात्री तथा पर्यटकहरूले लेकलाग्न (High Altitude Sickness) र न्युनताप (Hypothermia) बाट जोगिन घरेलु उपचारको सामग्री जस्तै तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू साथै लगे झनै वेश हुन्छ । पाथीभरा यात्राको लागि फाल्गुणदेखि कार्तिक महिनासम्मको अवधि उपयुक्त हुन्छ । झापाको बिर्तामोड बाट इलाम-फिदिम- हुँदै 270 किलोमिटर फुङलिङ मेची राजमार्गमा यात्रा गरी फुङलिङबाट सुकेटार - तल्लो फेदी - उपल्लो फेदी हुँदै पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ। पहाडी सडक भएको र लोकल बसको रूपमा चल्ने भएकाले समय बढी लाग्छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार -उचाइ १८२४ मिटर) देखि पाथीभरा माताका फेदीसम्म सडक निर्माणाधीन छ । हाल हिउँदमा जीप र टे्रक्टर देउराली भन्ने स्थानसम्म पुग्दछन् । सदरमुकामदेखि सुकेटार विमानस्थल करिब डेड घण्टाको उकालो हिँडाइपछि पुगिन्छ । अन्य मार्गमा धरान बाट धनकुटा-हिले हुँदै कोशी राजमार्गमा एक सय किलोमिटर यात्रा गरी वसन्तपुर बाट गुफापोखरी, गोर्गा दोभान हुँदै पैदल यात्रामा पुग्न सकिन्छ ।

के कुरामा ध्यान दिने edit

फेदीदेखि माथि धामसम्म धागो टाँग्ने चलन पनि छ । माथि धाममा पानीको अभाव र धेरै यात्रुलाई एकै पटक बसोबासको समस्या पर्ने भएकाले बास बस्ने हो भने पुजारी गुरुलाई सोधेर जानु बेस हुन्छ । किनेर खानको लागि कुनै पसल र सुविधा छैन । धामबाट तल र्झन सजिलो हुन्छ, पूजा सकेर तल फेदीमा फर्केर बस्ने गरी कार्यक्रम बनाउनु उत्तम हुनेछ । कुहिरोबाट पानी निकाल्ने प्रविधि प्रयोग गरेर धाममा पिउने पानी जम्मा गरिन्छ, तथापि सुख्खा महिनामा कुहिरो नलागेर पानीको अभाव हुन्छ । त्यसैले धाममा आफ्नो लागि खानेकुरा र पिउने पानीको जोहो आफैले गरेर जानु बेस हुन्छ ।

पाथीभराबाट दृश्यावलोकन गर्न सकिने हिमालहरू edit

  • कञ्चनजंघा (M) (सेवालुङ) ८५८६ मि.
  • कञ्चनजंघा (C) ८४८२ मि.,
  • कुम्भकर्ण (फक्‍ताङलुङ) ७७१० मि.
  • काङबाचेन ७९०३ मि.
  • कञ्चनजंघा (S) ८४७६ मि.,
  • मकालु ८४६३ मि.
  • लोत्से ८५१६ मि.,
  • नोत्से ७८५५ मि.
  • डोम हिमाल ७४४२ मि.

जिल्लाको सदरमुकाम फुङ्गलिङ यसरी पुग्न सकिन्छ edit

हवाई मार्ग edit

  • बिराटनगर— ताप्लेजुङ (सुकेटार) हप्‍ताको १ उडान

सडक मार्ग (२३७ कि.मी.) edit

  • बिर्तामोड — ताप्लेजुङ (फुङ्गलिङ) ईलाम, फिदिम हुँदै (बस -साधारण र डिलक्स तथा जीप)

पैदल यात्रा edit

  • (धरान, धनकुटा हुँदै) बसन्तपुर गुफापोखरी — ताप्लेजुङ (फुङ्गलिङ) २ दिन

पाथीभरा देवीको अरु केही तस्वीरहरु edit