Wy/ne/नगरकोट

< Wy | ne
Wy > ne > नगरकोट

नगरकोट काठमाडौँ उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान राजधानी काठमाडौँबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्छ । यहाँबाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरी हिमश्रृङ्खलादेखि कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमाल इत्यादि छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ । नगरकोटमा खानपिन तथा बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्टहरू उपलब्ध छन् । नगरकोट भक्तपुर जिल्लाको पूर्व नगरपालिका तथा देशमा सङ्घीयता लागू भएसँगै नयाँ स्थानीय तहको संरचना अनुसार यो चाँगुनारायण नगरपालिका को एक मुख्य पर्यटकीय स्थल हो । नगरकोट काभ्रे जिल्ला र भक्तपुर जिल्लाको दोसाधमा रहेको छ, पानी ढलोको सिमा व्यवस्था रहेकोले नगरकोटको उच्चतम विन्दुमा यी दुई जिल्लाहरूको सङ्गम रहेको छ ।

सुर्योदय


पहुँच

edit

नगरकोट पुग्नको लागि पर्यटक तथा जनसाधारणहरूले प्रयोग गर्ने उपायहरूमा

  • मोटर यात्रा

नगरकोट पुग्नको लागि सजिलो तरिकाको रूपमा मोटर यात्रालाई लिन सकिन्छ। नगरकोट काठमाडौँबाट मात्र ३२ किलोमिटरको दूरिमा र भक्तपुरबाट २० किलोमिटरको दुरिमा रहेको छ। भक्तपुरबाट नगरकोटको लागि छोटो छोटो समय बीचमा बसहरू छुट्ने गर्दछन्।

  • साइकल यात्रा

केही पर्यटकहरू काठमाडौँ देखि नगरकोट सम्म साइकलमा साहसिक यात्रा गर्ने गर्छन् बाटो उकालो र गाह्रो भए तापनि केही मानिसले यो मन पराएको पाइएको छ।

  • पदयात्रा

पदयात्रा गरेर नगरकोट भित्रिने पर्यटकको मात्रा धेरै छ। मूख्यतया नगरकोट भित्रिने पदयात्रा मार्गमा भक्तपुर-चाँगुनारायण-नगरकोट मार्ग सुन्दरीजल-साँखु-नगरकोट मार्ग पर्दछन खरिपाटी–तेलकोट–नगरकोट पद मार्ग

दशर्नीय स्थानहरू

edit

महादेव कुण्ड

महाँकाल मन्दिर

काली देवी मन्दिर

जालपादेवी मन्दिर

गीता मन्दिर

चित्र दीर्घा

edit