Wy/ne/गौरीशंकर संरक्षण क्षेत्र

< Wy‎ | ne
Wy > ne > गौरीशंकर संरक्षण क्षेत्र

नेपाल सरकारले २०६६ पुष २७ गते राजपत्रमा सूचना प्रकाशित गरी विधिवत घोषणा गरेको गौरीशंकर संरक्षण क्षेत्रको पूर्वमा सगरमाथा राष्ट्रिय निकुञ्ज, पश्चिममा लाङटाङ राष्ट्रिय निकुञ्ज र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ। यसको स्थापना बि. सं. २०६६ साल (सन् २०१०) भएको हो भने यसको क्षेत्रफल २,१७९ वर्ग कि.मि. रहेको छ। समुद्रको सतहदेखि ९६८ मिटरबाट ७,१८१ मिटर उँचाईसम्म रहेको यो संरक्षण क्षेत्र वन्यजन्तुका दृष्टिकोणले निकै महत्वपूर्ण छ । संरक्षित वन्यजन्तुको सूचीमा रहेका, लोपोन्मुख अवस्थामा पुगेका हिँउ चितुवा, कस्तुरी मृग, हाब्रे, ब्वाँसो, ध्वाँसे चितुवा, सालक, चरी बाघ, डाँफे, मुनाल सहित यस संरक्षण क्षेत्रमा ३४ प्रजातिका स्तनधारी जनावर, ३७ परिवारका २३५ प्रजातिका पंक्षी, १६ प्रजातिका माछा, ९ प्रजातिका उभयचर र १४ प्रजातिका सरीसृपहरू पाइन्छन्।