Wy/ne/कंचनजङ्घा संरक्षण क्षेत्र

< Wy‎ | ne
Wy > ne > कंचनजङ्घा संरक्षण क्षेत्र

यो संरक्षण क्षेत्र ताप्लेजुङ्ग जिल्लाको उत्तरतर्फका ४ गा.वि.स. मा पर्दछ। यसको स्थापना बि. सं. २०५४ साल (सन् १९९७) मा भएको हो र क्षेत्रफल २,०३५ वर्ग कि.मि. रहेको छ। अग्ला टाकुराहरू र ठूला हिमनदीहरूको निम्ति प्रख्यात कञ्चनजङ्घा क्षेत्रले वातावरणीय तथा सांस्कृतिक विशिष्टता राख्दछ । दुर्लभ वन्यजन्तुको वासस्थान, विविध वनस्पति तथा जनजातिको सम्मिश्रण रहेको यस क्षेत्रको सिमाना मित्रराष्ट्र भारत र चीनसँगै जोडिएकोले सीमापार संरक्षण का निम्ति पनि अद्वितीय अवसर प्रदान गर्दछ।