Wy/ne/अपी नम्पा संरक्षण क्षेत्र

< Wy‎ | ne
Wy > ne > अपी नम्पा संरक्षण क्षेत्र

अपि नाम्पा संरक्षण क्षेत्र नेपालको सुदुरपश्चिम विकास क्षेत्रको दार्चुला जिल्लामा अवस्थित संरक्षण क्षेत्र हो। बिक्रम सम्बत् २०६७ साल (सन् २०१०) मा स्थापना भएको अपी नम्पा संरक्षण क्षेत्र को क्षेत्रफल १,९०३ वर्ग कि.मि रहेको छ। २०६७ साल असार २८ गते दार्चुला जिल्लाका उत्तरी भेगका २१ गाविस समेटेर यस क्षेत्रको घोषणा गरिएको हो । अपि क्षेत्रमा हिउ चितुवा, रेड पाण्डा, मृग, रतुवा, घोरल, नाउर, झरल, कालो भालु, दुम्सी, थार लगायत बन्य जन्तु पनि पाउने गर्दछन् । यस क्षेत्रमा डाँफे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरा लगायत दुई सय भन्दा बढी प्रजातीका चरा पाइने गर्दछन् । जैविक विविधाताले भरिपुर्ण यस संरक्षण क्षेत्र भित्र ७१३२ मिटर उचाई रहेको अपि हिमाल तथा ६७५५ मिटर अग्लो नाम्पा हिमाल पनि पर्दछ। यसका साथै रिङरेपानी, कापाकोर, काली ढुंगा, बबई लगायतका चुलीहरु रहेका छन् । यो दार्चुला जिल्लाको साथै राष्ट्रको लागि गौरवशाली पनि हो।

अपि नाम्पा

कसरि जाने edit

के के पाईन्छ? edit

यस क्षेत्रमा ग्रेनाइट , पेगमेटाइट , फाइलाइट र क्वारजाइट चटृानहरू पाइन्छन् साथै यस क्षेत्रमा हिँउ चितुवा, ध्वाँसे चितुवा, कस्तुरी मृग, हाब्रे, रतुवा, घोरल, नाउर, झारल, चितुवा, बाँदर, हिमाली कालो भालु, स्याल, दुम्सी, ब्वाँसो, लंगुर, थार लगायतका वन्यजन्तहुरू पनि पाइन्छन। यस्तै डाँफे, चीर, चिल, च्याखरु, हलसे , भ्याकुर लगायत २०० भन्दा बढी चराका प्रजातिहरू पाइन्छन्। साल, खयर, सिसौ, उत्तिस, बाँझ, गुराँस, गोब्रे सल्ला, कोलिनियल खस्रु लगायत विभिन्न किसिमका वनले यो संरक्षण क्षेत्र रमणीय बनेको छ।