Wq/ne/हेलेन केलर

< Wq‎ | ne
Wq > ne > हेलेन केलर

हेलेन एडम्स केलर (जुन २७, १८८० – जुन १, १९६८) एक अमेरिकी लेखिका, राजनीतिज्ञ र प्राध्यापक थिइन्। जन्मेको डेढ वर्षमै उनी आँखा नदेख्ने र कान नसुन्ने भएकी थिइन्। उनी बोल्न पनि सक्तिनथिन्। उनी वेस्ट टुस्कुम्बिया, अल्बामामा जन्मिएकी थिइन। हाल उक्त स्थानमा संग्राहलय रहेको छ। उनको जन्म दिन जुन २७ हेलेन केलर दिवस मनाइने गरिन्छ।

कथनहरू edit

  • पहिले तिमी उज्यालो तर्फ फर्क त्यसपछी छायाँ स्वतः पछी पर्नेछ।
  • आफूमा भएको पूर्ण क्षमता लगाएर प्रयास नगरुन्जेल काम नछोड।
  • मानिस सहज तरिकाले सक्षम, बलियो र सफल बन्न सक्दैन। त्यसको लागि प्रयास, आरोह-अवरोह, संघर्षले खारिनुपर्छ।
  • आफ्नो अनुहार सूर्यतिर फ़र्कायौ भने, तिमीले छायाँ देख्नु पर्दैन।
  • एक्लै गर्यौं भने धेरै कम गर्न सक्छौं, मिलेर गर्यौं भने धेरै नै गर्न सक्छौं।
  • जब हामीले आफूले सक्ने जति सबै प्रयास गर्छौं तब जीवनले हामीलाई रहस्यमय तरिकाले खुशीहरु ल्याइदिन्छ।
  • जीवन पाठहरुको संगालो हो, जसलाई बुझ्नको लागि जिउनु जरुरि छ।
  • जीवन की त साहसिक यात्रा हो। यदि साहस भर्न सक्दैनौ भने त्यो जीवन व्यर्थ हो।
  • खुशी उत्पादन नगारि खुशीलाई उपभोग गर्ने अधिकार कसैलाई पनि छैन।
  • एउटा ढोका बन्द भयो भने, अर्को ढोका खुलेको हुन्छ। तर, हामी भने त्यही बन्द ढोका हेरेर निराश बन्छौं।
  • म मात्र ‘म’ हूँ। मैले सबै काम गर्न सक्दिन, तर केही गर्न सक्छु। मैले सबै काम गर्न सक्दिन भन्दैमा मैले आफूले सक्ने काम नगरी बस्दिन।
  • देख्न सक्नु तर दृष्टिकोण नहुनु भनेको खतरनाक अवस्था हो।
  • संसारका सबैभन्दा सुन्दर वस्तुहरु हेर्न र छुन सकिदैन। तिनलाई मनैदेखि अनुभव गर्न सक्नुपर्छ।

बारेमा कथन edit

स्रोत edit