Wq/ne/स्वामी विवेकानन्द

< Wq‎ | ne
Wq > ne > स्वामी विवेकानन्द

स्वामी विवेकानन्द (जन्म १२ जनवरी १८६३, जन्मनाम: नरेन्द्रनाथ दत्त ) उनी हिन्दू दर्शनका प्रखर विद्वान् थिए। वेदान्त दर्शनका प्रसिद्ध अध्यात्मिक गुरु उनको वास्तविक नाम नरेन्द्रनाथ दत्त थियो । उनी अमेरिकामा रहेको शिकागोमा आयोजित सन् १८९३ मा भएको विश्व धर्मा सभामा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधित्व गरेका थिए । उनले सनातन धर्म को आध्यात्मिकता द्वारा परिपूर्ण वेदान्त दर्शन लाई पश्चिमेलीदेशमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए ।

कथनहरू edit

  • जाग,आउ, जब सम्म लक्ष्य प्राप्त हुन्न तब सम्म नरुक । म संन्यासको सबैभन्दा प्राचीन परम्पराको अनुयायी हुँ ।
  • विश्वमा प्रचारित सबै धर्महरुको जननी हिन्दु धर्म हो ।
  • जुन दिन रोमन साम्राज्यको तानाशाही व्यवस्थाले यहुदीहरुको अन्तिम र विशाल मन्दिरलाई धुलोपिठो बनाउंदै थियो त्यही बेला दक्षिण भारतमा त्यस धर्मका गुरूलाई हिन्दुहरूले विशेष सम्मान र शुद्धतापूर्वक बस्ने व्यवस्था गर्दै थिए ।
  • जोरोस्टरका अनुयायी अग्निपूजकहरू आफ्नो जन्मथलोमा टिक्न नसकेर भागेर हिंड्ने अवस्था थियो र उनीहरूलाई हिन्दुस्तानका सुविधासम्पन्न स्थानहरूमा आफ्ना कृत्य स्वतन्त्रतापूर्वक र सम्मानपूर्वक गर्ने व्यवस्था हिन्दु समाजले गरेको थियो ।
  • उनले शास्त्रहरूबाट दुइवटा उदाहरण दिएका थिए । श्रीमद भागवद गीताको निम्नलिखित श्लोकहरूको अर्थ उनले बताउंदै ।
      • कुनै खास तरिकाले ईश्वरको आराधना गर्नु पर्छ भन्ने कट्टरता हिन्दु धर्ममा छैन भन्ने कुरा बताएका थिए ।

        ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् ।
        मम वर्मान वर्तन्ते मनुष्याः पार्थ सर्वशः ।।

  • धर्मान्तरण कृत्यको विरोध गर्दै उनले भनेका थिए –
      • सम्प्रदायवाद, असहिष्णुता, र यसका उत्तराधिकारीहरुको डरलाग्दो हठधर्मिताले यस सुन्दर धरतीमा धाक जमाउने इच्छा गर्दछ । यस्ता कृत्यले धरतीमा हिंसा चुल्याउछ । मानिस मानिसबीच द्वन्द्व हुन्छ । युद्ध हुन्छ र रगतका खोला बगाउने काम गर्छ ।
  • धर्मान्तरण कृत्य क्रूरताको पराकाष्ठा र सभ्यताका लागि कलंक हो । यस कृत्यले मानवको स्वतन्त्रता हनन गर्छ ।
  • धर्मांतरणले कट्टरता, साम्प्रदायिकता, र अशान्तिलाई जन्म दिन्छ । यसले देशवासीलाई र सत्पुरुषहरुलाई निराशाको अन्धकारमा डुबाउछ ।
  • धर्मांतरणले विश्वका अनेक संस्कृति र सभ्यताहरु नाश भइ रहेका छन् ।
  • शिकागो सम्मेलनले अतिवादिता तथा शक्ति र प्रचारद्वारा ज्ञान र धर्म माथि गरिने उत्पीडनका अन्तको शंख घोष गरेको छ ।
  • सिद्धान्तहरु edit

    स्वामी विवेकानन्दको शिक्षा दर्शन का आधारभूत सिद्धान्तहरु छन्:-

    • शिक्षा यस्तो होस् जसले बालकको शारीरिक, मानसिक तथा आत्मिक विकास हुन् सकोस।
    • शिक्षा यस्तो होस् जसले बालकको चरित्र को निर्माण होस, मनको विकास होस, बुद्धि विकसित होस तथा बालक आत्मनिर्भन बनोस।
    • बाल, बालिकाहरु समान रुपले शिक्षा दिनु पर्ने छ।
    • धार्मिक शिक्षा, किताबहरुले न दिएर आचरण तथा संस्कारहरुले दिनु पर्नेछ।

    बारेमा edit

    • मृत्यु ४ जुलाई १९०२ -महासमाधि ।
    • जन्म १२ जनवरी १८६३ ।

    स्रोत edit

    बाह्य कडीहरु edit