सानु शर्मा नेपाली भाषाकी कथाकार, उपन्यासकार तथा कवि हुन् । आफ्नो विशिष्ट लेखनका माध्यमबाट नेपाली साहित्यमा स्पष्ट उपस्थितिसहित सिर्जनारत शर्माका कथा तथा उपन्यासका अनेक पुस्तक प्रकाशित रहेका छन् ।
कथनहरू
editउपन्यासहरूबाट
editती सात दिनबाट
edit- हिम्मत कहिल्यै पनि मान्छेको साथमा जन्मदैन । यसलाई त समय र परिस्थितिले मानिसभित्र जन्माइदिन्छ ।
- उपन्यास - ती सात दिन
- एजुकेसन जरुरी हुन्छ मलाई थाहा छ । तर संस्कार बिनाको एजुकेसन र फूल बिनाको भास उस्तै हुन्छ । भास जति महङ्गो र सुन्दर भए पनि फूल बिना त्यसको महत्व हुँदैन, अर्थ हुँदैन । त्यस्तै, संस्कार बिनाको शिक्षाले मानिसलाई शिक्षित त बनाउला तर सबल र सम्पूर्ण बनाउन सक्दैन । संस्कार घरका बुज्रुग र ठूलाहरूले सिकाउँछन्, डेलिगेट गर्छन् । तर आदरणीयहरूमै संस्कार छैन भने तिनले सानालाई के सिकाउँछन्, के डेलिगेट गर्छन् ? आशा छ यो सत्य तिमीहरूले कहिल्यै बिर्सने छैनौ ।
- उपन्यास - ती सात दिन
फरकबाट
edit- छहारी जति नै शीतल भए पनि त्यहाँबाट बाहिर निस्कनै पर्छ । किनभने यसरी छहारीमै बसिरहे आफ्नो छायाले पनि साथ छोडिदिन्छ ।
- उपन्यास - फरक
- समथर बाटो सधैँभरी समथर कहिल्यै हुँदैन, अगाडि कतै न कतै उकालो, ओरालो या भिरालो पक्कै भेटिन्छ । यो बाटोको प्रवृति हो । त्यसैले सजिलो बाटोमा पुगेपछि लठ्ठी फ्याँकिहाल्नु हुँदैन ।
- उपन्यास - फरक
- जून उदाउँदा रात यत्तिकै सुन्दर देखिन्छ । उज्यालो त्यतिबेलाका लागि सञ्चित गर्नुपर्छ जब रात अँध्यारो हुन्छ । जब आकाशमा जून उदाएको हुँदैन ।
- उपन्यास - फरक
- उज्यालो त्यतिबेलाका लागि सञ्चित गर्नुपर्छ जब रात अँध्यारो हुन्छ । जब आकाशमा जून उदाएको हुँदैन ।
- उपन्यास - फरक
- सजिलो बाटोमा पुगेपछि लठ्ठी फ्याँकिहाल्नु हुँदैन ।
- उपन्यास - फरक
- समथर बाटो सधैँभरी समथर कहिल्यै हुँदैन, अगाडि कतै न कतै उकालो, ओरालो या भिरालो पक्कै भेटिन्छ । यो बाटोको प्रवृति हो ।
- उपन्यास - फरक
- आमाको मृत्युपछि त मानौँ हाम्रो घरबाट खुसीको सबै रङ पखालियो । सबै कुरा कुरूप हुनपुग्यो । सम्बन्ध पनि, समय पनि ।
- उपन्यास - फरक
- उसको स्वभाव यति विचित्रको थियो, म सम्झौताको कुनै विकल्प भेट्टाउँदिनथेँ ।
- उपन्यास - फरक
- अरूका लागि जे भए पनि मेरा लागि ऊ एउटै मात्र यस्तो साथी थियो, जो परिआएको खण्डमा ज्यान दिन मात्र होइन, ज्यान लिन पनि पछिपर्ने थिएन ।
- उपन्यास - फरक
- उसको स्वरको कम्पनले मलाई भित्रसम्म हल्लाएको थियो ।
- उपन्यास - फरक
- मान्छे नै बनिरहन सकूँ, त्यति नै काफी छ।
- उपन्यास - फरक
- तिमीले ओठको पर्खालले थुनेर राखेका तिम्रा शब्दहरू तिम्रो अनुहारको भावमा पढ्न सक्छु, तिम्रा आँखामा देख्न सक्छु।
- उपन्यास - फरक
- कसले भन्छ, मायामा ताकत हुँदैन? मायामा भर्खरै यौटा ढुङ्गालाई तरल भएको देखेको थिएँ मैले ! बगेको देखेको थिएँ !
- उपन्यास - फरक
- जुत्तालाई टाउकामाथि राख्दैमा जुत्ताको औकात फेरिन्न ।
- उपन्यास - फरक
उत्सर्गबाट
edit- केवल महसूस गर्नुमा हुन्छ माया । दु:खमा, सुखमा अडिग भएर साथ रहनुमै हुन्छ माया । विश्वास गर्नुमा भन्दा विश्वास जोगाउनुमै हुन्छ माया । धम्कि दिएर, दवाव दिएर होइन, मन जितेर लिनुमा हुन्छ माया ।
- उपन्यास - उत्सर्ग
- मायाको जगमा दह्रो विश्वास बाँधिएन भने ओत लाग्ने घर बन्नै सक्दैन । अनि भिजेर जीवन काटिँदैन, चाहे त्यो बर्सात्मा होस् या आँसुमा ।
- उपन्यास - उत्सर्ग
- घरको छानो जति नै चुहिने भए पनि यसले रुखले भन्दा बढी ओत दिन्छ ।
- उपन्यास - उत्सर्ग
- भिजेर जीवन काटिँदैन, चाहे त्यो बर्सात्मा होस् या आँसुमा ।
- उपन्यास - उत्सर्ग
- विश्वासको महल आफैँ बनेको पो बलियो हुन्छ, खेताला लगाएर बनाएको विश्वासको महल जतिसुकै झिलिमिली भए पनि अडिलो हुँदैन ।
- उपन्यास - उत्सर्ग
विप्लवीबाट
edit- म वर्षात् होइन
बादलको आशमा छैन,
म त त्यो मेघ हुँ
जसको अस्तित्वबिना
वर्षात्को अस्तित्व छैन ।- उपन्यास - विप्लवी
- एक पटकको बर्षात्ले कतिन्जेल भिजाएर राख्न सक्छ र धरतीलाई ? धरतीलाई ओसिलो र मलिलो राख्न बर्षात् भई नै रहनुपर्छ । पुरुषहरू शायद यो बुझ्नै सक्दैनन् । त्यसैले त एकै सिजनमा मायाले निथ्रुक्क भिजाएर बाँकी जीवन बर्सिनै बिर्सिदिन्छन् उनीहरू । र चाहन्छन् त्यही एक सिजनको बर्षात्को सहारामा हामी महिलाहरू आजीवन भिजिरहौँ । कसरी सम्भव हुनसक्छ यो ?
- उपन्यास - विप्लवी
- जुन पुरुष लोग्ने मात्र बन्छ, उसका बाउआमाले दुःख पाउँछन्, अनि जुन पुरुष छोरो मात्र बन्छ, उसकी स्वास्नीले दुःख पाउँछे ।
- उपन्यास - विप्लवी
- कहिलेकाहीँ गलत गर्नलाई नियत बिग्रिरहन पर्दैन, समय र परिस्थिति बिग्रिएको हुनुपर्छ ।
- उपन्यास - विप्लवी
- जब मान्छेको आफ्नो कमजोरी सामुन्ने आएर जिस्काउन थाल्छ; तब न त स्वीकार गर्ने साहस हुन्छ, न त नकार्ने हिम्मत !
- उपन्यास - विप्लवी
- यसै होइन, प्रगाढ सम्बन्धमा सात रङ्ग हुनुपर्छ भनेको । पहिलो रङ्ग विश्वासको । दोस्रो, मान र कम्फर्टको । तेस्रो, बराबरी र स्वतन्त्रताको । चौथो, माया र आस्थाको । पाँचौँ, पहिचान र पुलपुलाहटको । छैठौँ, पर्वाह र पीरको । र सातौँ — आत्मा र शरीरको ।
- उपन्यास - विप्लवी
अर्थबाट
edit- कसैको यादमा अटाउनलाई मानिसले आफ्नो स्वार्थ बाहिरै छोडेको हुनुपर्छ, किन कि स्वार्थ र सुखद् स्मृति एकै ठाउँमा अटाउन सक्दैनन् ।
- उपन्यास - अर्थ
- घर गिर्यो भनेर सारा जीवन खुला आकाशको तल बसेर काट्न सकिँदैन; ओत त खोज्नैपर्छ ! यही सच हो र सही पनि ।
- उपन्यास - अर्थ
जीतको परिभाषाबाट
edit- सम्बन्धमा यदि सहजता भएन भने जिब्रोको टुप्पोमा आएर बसेको कुरा पनि मुखबाट निस्कन नसकेर मनतिरै फर्कन्छ र गाँठो परेर बसिदिन्छ ।
- उपन्यास - जीतको परिभाषा
- चिसा सम्बन्धहरूलाई मनको न्यानोले पनि तताउन सक्दैन शायद । या फेरि मन नपरेका मान्छेहरूको वरिपरिका सम्बन्धहरू आँखा अगाडि नै भैरहे पनि ओझेलमा पर्दा रहेछन् ।
- उपन्यास - जीतको परिभाषा
- कुनै कुनै सम्बन्ध समान्तर मै हिँडिरहे पनि मनको नजिक कहिल्यै नपुग्ने रहेछ ।
- उपन्यास - जीतको परिभाषा
अर्धविरामबाट
edit- लडेर हार्नु र हतियार नै नउठाई हार मान्नुमा धेरै फरक हुन्छ । बराबरीको लडाईंमा तिमी हाऱ्यौ भने योद्धा हौ र हतियार नै नउठाई हार स्वीकार गऱ्यौ भने कायर ।
- उपन्यास - अर्धविराम
कथाहरूबाट
edit- किनकिन मलाई आँसु भरिएका ती आँखा एकदमै परिचित झेँ लागे ।
- कथा - भाउजु (एकादेशमा)
- वर्षौपछि तपाईसँग भेटेर यस्तो लाग्यो, मेरो मुटु मसँगै फर्केर आयो ।
- कथा - भाउजु (एकादेशमा)
- उनी मेरो जीवनको एउटा यस्तो हिस्सा बनिदिएकी थिइन् जसको प्रेरणा, साथ र हौसला विना म आफू आफैँलाई आधा अधुरो लाग्थेँ ।
- कथा - भाउजु (एकादेशमा)
- ठूलो मान्छे हुन म घर परिवार छोड्दिनँ ।
- कथा - भाउजु (एकादेशमा)
- स्वास्नीमान्छेको लागि शरीर त्यति महत्त्वपूर्ण हुँदैन, जति साथ महत्त्वपूर्ण हुन्छ।
- कथा - भाउजु (एकादेशमा)
- तपाईंको पुरुषत्वको घमण्डले तपाईंलाई बुझ्नै दिँदैन ।
- कथा - बहाना
- छोराले आमा बाबु पाल्दा कुनै सवाल जवाफ हुँदैन तर छोरीले त्यही गर्दा किन यो प्रश्न?
- कथा - इनाम (एकादेशमा)
- शरीरको लागि होइन, मनको लागि चाहिन्छ साथी र साथ ।
- कथा - इनाम (एकादेशमा)
- अहिले तिमीले मसँग बिहे नगर्दैमा तिमीप्रति मेरो मनमा भएको सम्मान एक थोपा घट्ने छैन ।
- कथा - इनाम (एकादेशमा)
- मनले पत्याउन चाहिरहेको थिएन, तर सत्य मेरो सामुन्ने थियो ।
- कथा - इनाम (एकादेशमा)
- तिमीले टन्न कमाएर दिएकिछ्यौ खर्च गर्न अनि उसले किन हात हल्लाओस्?
- कथा - इनाम (एकादेशमा)
- अब त सारा जीवन सबै कुरा धमिलो देख्नेछु मैले । चश्मा पुछेर के गरूँ, दृष्टिले साथ छोडेपछि ?
- कथा - परी (अर्को देशमा)
- यसरी भावनामा भिजेर मात्रै जीवन चल्दैन...
- कथा - परी (अर्को देशमा)
- जुन डढेलो तिमीसँग मिलेर सल्काएँ, त्यो अरू कसैसँग सल्काउन सकिनँ र सक्दिनँ ।
- कथा - प्रारब्ध (एकादेशमा)
- तिमी मलाई, मसँगको यो यात्रालाई सजाएर मनमा राखिराख है ।
- कथा - प्रारब्ध (एकादेशमा)
- एक–एक गल्ली चहार्नेछु, एक–एक घरको ढोका ढक्ढकाउनेछु; तर तिम्रो ठेगाना पत्ता लगाएरै छोड्नेछु ।
- कथा - प्रारब्ध (एकादेशमा)
- जीवनका यत्रा वर्ष ढुङ्गा भएरै बिताएँ । अब बाँकी जीवन मान्छे भएर रहन चाहन्थें म— उसैको साथमा ।
- कथा - प्रारब्ध (एकादेशमा)
- मैले चुपचाप फोन राखिदिएँ । मेरो विरोधको कुनै अर्थ थिएन ।
- कथा - उऋण (एकादेशमा)
- उसको साथको सपना देखेर आफ्नो बाध्यता र दु:ख बिर्सन सक्थेँ ।
- कथा - उऋण (एकादेशमा)
- कामना गरिरा'छु - बाटोमा फेरि कोही यस्तो नभेटियोस्, जसलाई मेरो 'म' बाहेक मसँग जोडिएका बाँकी अरू सबै कुराप्रति चासो होस् ।
- कथा - म (एकादेशमा)
- मरेपछि पिण्ड दिने छोराभन्दा जिउँदै हुँदा सम्मान दिने छोरी कता हो कता असल हुन्छन् ।
- कथा - छोरी (एकादेशमा)
- म कसैको स्वास्नी बन्नभन्दा पहिले छोरी त बन्न सकूँ? मलाई जन्म र जिन्दगी दिनेको भारा त चुकाउन सकूँ त्यसपछि कसैको स्वास्नी बन्ने बारेमा सोचूँला।
- कथा - छोरी (एकादेशमा)
- एकपटक लडेर नराम्ररी घाइते भएको, चोट खाएको मान्छे उठेर नहिँड्दासम्म उसलाई त्यो गर्नसक्छु भन्ने आत्मविश्वास हुँदैन ।
- कथा - मेरो म (अर्को देशमा)
- जाबो यौटा कागजमा गरेको हस्ताक्षरले जिन्दगीमा पूर्णविराम लगाइदिन्छ ।
- कथा - मेरो म (अर्को देशमा)
- घर सधैँ बाहिरकाले बिगार्दैनन्, कहिलेकाहीँ घरभित्रकाले झनै नराम्ररी बिगार्छन् ।
- कथा - ग्लानि (अर्को देशमा)
- कति बेहिस्सीको हुँदै गएको हाम्रो समाज र सम्बन्ध आजकल ? मुख नफोरेसम्म हकको प्रशंसा र स्नेह पनि नपाइने !
- कथा - लकडाउन (अर्को देशमा)
- जीवनमा गुमाएको कुराको कमी त्यति बेला मर्नेगरी अनुभूत हुने रै’छ, जब पाएको कुराले सन्तुष्टि दिन छोड्छ ।
- कथा - लकडाउन (अर्को देशमा)
- कसैले छोडिदिँदैमा जिन्दगी सकिन्न ।
- कथा - लकडाउन (अर्को देशमा)
- जसको कुरा बुझ्ने नियत हुन्छ, उसले इशारा गरेको पनि बुझ्छ; तर जसको बुझ्ने मनसाय हुँदैन, उसले कत्तिकै जोडले चिच्याए पनि बुझ्दैन, सुन्दैन ।
- कथा - लकडाउन (अर्को देशमा)
- दाम्लोले बाँधेकाहरू चटारिन सक्छन्, दाम्लो छिनालेर भाग्न सक्छन् तर भावनाले बाँधिएकाहरू खुल्लै छोडिदिए पनि कतै जाँदैनन् ।
- कथा - सौता (अर्को देशमा)
- कमजोर पनि त्यतिबेला मात्रै हुन सकिनेरहेछ, जब कसैले साहारा दिन्छ भन्ने विश्वास हुन्छ ।
- कथा - ढिठ
- मनले नमानिकन गरेको कुराले कसैको भलो हुँदैन । नमानिदिँदा बरु एकपटक दु:ख्छ, एकैछिन दु:ख्छ; तर अर्काको मन राख्नको लागि कुनै कुरा मानिदिँदा सधैँभरि दु:ख्छ, सबैलाई दु:ख्छ !
- कथा - जिग्री
- एउटा ‘नाईँ’को तोड झेल्न नसकेर वर्षौंवर्षदेखिको सम्बन्धलाई धुजाधुजा बनाउन, नङ्ग्याउन लागिपर्नेले भोलि सम्बन्ध प्रगाढ भएपछि अनेकौँ ‘नाईँ’ सुनेर कसरी रियाक्ट गर्लान ? केवल एउटा ‘नाईँ’ले बिगार्ने सम्बन्ध बनाइराख्ने कायल रहिनँ अब म ।
- कथा - जिग्री
- सम्बन्धमा सहमति र विमतिको बराबरको हक भएन भने त्यो सम्बन्ध कतै पनि पुग्दैन, र म यो कतै नपुग्ने सम्बन्धमा बाँधिन चाहन्नँ ।
- कथा - जिग्री
- जिन्दगीले आफ्नो र ‘आफ्नो जस्ता’बीचको फरक यस्तरी उदाङ्ग पारेर देखाइदिएको थियो, अब मलाई लाग्दै लाग्थेन म कुनै पनि सम्बन्धको परीक्षामा पास हुनेछु भनेर ।
- कथा - जिग्री
- हो रहेछ, परिवार नरहे अनाथ भइन्छ, तर साथी नरहे एक्लो भइने रहेछ !
- कथा - जिग्री
- म सम्बन्धको परीक्षामा फेल हुन चाहन्थिनँ, तर सम्बन्धलाई आफ्नो सुविधाको तराजुमा जोखेर मनमुताविकको रिजल्ट निकाल्नेहरूले लगातार फेल बानाइरहेका थिए मलाई !
- कथा - जिग्री
- जब सम्बन्धमा विश्वास र आस्था जोडिन्छ, तब आँखा खुल्लै राख्नै सकिँदैन । आँखा खुल्लै राखे पनि केही गलत देखिँदैन । जब देखिन थाल्छ, तब सम्बन्धमा केही बाँकी बचेको हुँदैन ।
- कथा - जिग्री
"भो ! पैसासैसा नपठा, बरु तँ आएर अनुहार देखाएर जा, बाबु !
- कथा - सालीको झुम्का (एकादेशमा)
- तँ त विदेश पलायन राम्रो होइन भन्थिस् । आज पाँच वर्षदेखि आफैँ विदेशाँ गएर बस्या' छस् ।
- कथा - सालीको झुम्का (एकादेशमा)
- छोरोको अनुहार देखेर, मेरो आँसुले भिजेर, घर फर्कने हो भने प्लिज, नफर्क!
- कथा - सालीको झुम्का (एकादेशमा)
- मेरो लागि उसको खुशीभन्दा ठुलो अरू केही थिएन ।
- कथा - सालीको झुम्का (एकादेशमा)
- उसले मलाई हानेको थप्पडलेभन्दा पीडामा मुछिएको उसको रुवाइले द्रवित बनायो मलाई ।
- कथा - सालीको झुम्का (एकादेशमा)
- झुटो म बोल्न चाहन्नँ, सत्य म भन्न चाहन्नँ । त्यसैले पनि चुप बस्न रुचाउँछु ।
- कथा - म (एकादेशमा)
- म केवल 'म' छु । यो मेरो 'म' लाई कसैले बोकेन । कसैले डोर्याएन ।
- कथा - म (एकादेशमा)
- जब मेरा चोट, आँसु, एक्लोपन मेरा मात्रै थिए भने, मलाई अरू कुरा बाँड्न किन कोही चाहिन्छ ?
- कथा - म (एकादेशमा)
- म आफूले लेखेका अक्षरहरूमा आफ्नो आवाज सुन्थेँ। किताबहरूसँग बात मार्थेँ।
- कथा - म (एकादेशमा)
- म त यौटा पिँजडामा कैद थिएँ, जहाँ सास पनि अरूको इच्छाबिना फेर्न निषेध थियो।
- कथा - म (एकादेशमा)
- जस्को चलित्र उजेलो हुन्छ, तिन्लाई यस्ता थुकका बाछिट्टाले कैले भिजौँदैन, दागदार बनौँदैन।
- कथा - म (एकादेशमा)
- सही त्यतिबेलासम्म मात्रै सही रहन्छ, जबसम्म त्यसलाई निमोठेर गलत बनाउने कोशिस गरिन्न।
- कथा - बाको चश्मा (एकादेशमा)
- सहीका लागि अधिकार खोसिनु जत्तिको गलत अरू कुनै कुरा हुन सक्दैन ।
- कथा - बाको चश्मा (एकादेशमा)
- यही पैसा थियो, जसको आधारमा काठमाडौँ शहरले मलाई बास दिइरहेको थियो ।
- कथा - बाको चश्मा (एकादेशमा)
- अभाव नै हो शयद मनहरूलाई जोडेर राख्ने। पुगिसरी आएपछि त सबैको मनमा पखेटा लागिहाल्छ। कसको कहाँ र कसको कहाँ पुग्छ उडेर ।
- कथा - बाको चश्मा (एकादेशमा)
- मनबिनाको शरीर मात्रैले सम्बन्ध कसरी न्यानो भइराख्छ र ?
- कथा - बाको चश्मा (एकादेशमा)
- के म साँच्चै उसको मृत्यु नै चाहन्थेँ त? शायद । तर यो चाहिँ पक्का हो कि म मुक्ति चाहन्थेँ उसको त्यो पाशविकताबाट ।
- कथा - सन्तान (एकादेशमा)
- देखाएर बुझेको पीडाले त्यति दुख्दैन, जति बुझेर देखेको पीडाले दुख्छ ।
- कथा - सन्तान (एकादेशमा)
- रगतले सिंचेर हुर्काएको छोरो मेरो, दशैँ, तिहार, मातातीर्थ औँसी, तीजमा त मलाई सम्झन्नथ्यो भने, उसले मेरो रेखदेखमा औँला हल्लाउला, मलाई आश लाग्न छोडेको थियो अब।
- कथा - सन्तान (एकादेशमा)
- मेरो आँखामा उसलाई देखेर जुन खुशीको आँसु उत्रेथ्यो, त्यसमा अचानकै पीडा मिसियो ।
- कथा - सन्तान (एकादेशमा)
- जे मेरो निधारमा छ, त्यो मसँग कसैले खोस्न सक्दैन । जे मेरो निधारमा छैन, त्यसलाई जत्तिकै कपट गरे पनि म आफूसँग राख्न सक्तिनँ । त्यसैले तिमी चिन्ता नगर ।
- कथा - सन्तान (एकादेशमा)
- फूल थिएँ म, जून थिएँ । आकाश र धरती थिएँ । साँझ र बिहान थिएँ । वर्षात् र इन्द्रेणी थिएँ । उसको लागि म त्यो सब थिएँ, जो समग्रमा सुन्दरताको प्रतीक हुन्छ ।
- कथा - गुनासो (एकादेशमा)
- तर जुन चिज आवेशमा गरिन्छ, त्यो दीगो कहाँ हुन्छ र !
- कथा - गुनासो (एकादेशमा)
- मलाई ऊ बिना दुनियाँ बाँच्ने लायकनै लाग्थेन ।
- कथा - गुनासो (एकादेशमा)
- यो मुस्कुराहट जसलाई जोगाउने चाहनामा मैले आफ्नो सबै चिज दाउमा लागाइदिएँ, त्यो किन मेरो हुन सकेन ? मेरो लागि हुन सकेन ?
- कथा - गुनासो (एकादेशमा)
- मैले लयरसँग कुरा गरिसकेकोछु । तिमी पनि कुरा गर । सकभर सहमति र सरलतासँग अलग होऔँ । त्यही बेस हुन्छ ।
- कथा - गुनासो (एकादेशमा)
- तिमीबाहेक मैले जीवनमा अर्को केही चाहिनँ । घर, परिवार, जात, समाज, इज्जत सब छोडिदिएँ तिमीलाई पाउन । तर मेरो भागमा सङ्घर्ष, एक्लोपन, उपेक्षा र रित्तोपनबाहेक कहिल्यै केही परेन ।
- कथा - गुनासो (एकादेशमा)
- एयरपोर्टमा दाजुभाउजु मात्र होइन बाबाआमा पनि मलाई लिन आउनु भएको थियो । मलाई लाग्यो म फेरि जीवित भएँ ।
- कथा - गुनासो (एकादेशमा)
- एउटै चश्माले सबैलाई हेर्न छोड । बुझेँ मैले, चोट खाएकी छ्यौ । यसको मतलब अरूलाई पनि दुखाउनैपर्छ भन्ने छैन ।
- कथा - गुनासो (एकादेशमा)
- समयको के, बितिजाने छ, कसैगरी । उसलाई याद गरेर ।
- कथा - पारुल (एकादेशमा)
- मलाई थाहा थिएन, मेरो मन हुँडलिइरहने यो भावनाको अर्थ के थियो?
- कथा - पारुल (एकादेशमा)
- पारुल मेरो लागि त्यो चिसो, शीतल हावाको झोँक्का थिई, जुन तराईमा बिरलै महसुस गर्न सकिन्थ्यो ।
- कथा - पारुल (एकादेशमा)
- आँखामा बसेकीलाई मनमा ठाउँ दिने भूल कदापी नगर नि! नत्र तिमीलाई मुस्किल होला।
- कथा - पारुल (एकादेशमा)
- हामीजस्ता मान्छे त कीरा–फट्याङ्ग्राजस्तै गरी जन्मिन्छौँ, बाँच्छौँ र मर्छौँ एकदिन । न हामी जन्मेर केही सप्रन्छ, न मरेर केही बिग्रन्छ ।
- कथा - पारुल (एकादेशमा)
- आफू लेख्न जान्दिनँ, अरू कसैलाई विश्वास गर्न मन लाग्दैन । तपाईं एकजनामाथि मेरो भरोसा टिक्छ सर ! थाहा छैन किन ।
- कथा - पारुल (एकादेशमा)
- म तिम्रो यो भरोसाको सधैं मान राख्नेछु ।
- कथा - पारुल (एकादेशमा)
- झुटबाट शुरू भएको सम्बन्धको पत्रपत्र उक्किएर यति पारदर्शी हुन पुग्यो, दुई वर्ष बित्दा नबित्दै दुबै एकअर्काबिना बाँच्न नसक्ने निष्कर्षमा पुगे ।
- कथा - आइमाई
- सधैँ वर र पर सरिरहने महिनावारी यसपटक पर सर्नुको कारण उसको मगजमा घुस्दासम्म धेरै अबेर भैसकेको थियो ।
- कथा - आइमाई
- गीताको त्यो मेहनतमा उसको पसिनाभन्दा आँसु धेरै मिसिएको थियो ।
- कथा - आइमाई
- तिमी भा’ भए त्यसै गर्नेथ्यौ, तर म क्यारुम ? आइमाई परेँ, तिम्रो जस्तो मुटु काँ’ट ल्याम ?
- कथा - आइमाई
- एकपटक उसको कुरा मात्र सुनिदिएको भए उसलाई त्यति दुःख लाग्ने थिएन, तर बैरीले त उसको अपराधै नसुनी सजायँ तोकेको थियो ।
- कथा - आइमाई
- कहिलेकाहीँ मान्छेले 'बीच'को बाटो स्वतन्त्रतापूर्वक रोज्दैनन्, समाज र सम्बन्धले बाध्य बनाउँछ त्यो 'बीच'को बाटो रोज्नका लागि ।
- कथा - बीचको बाटो
- कुरा आफूसँग राखुन्जेल मात्रै व्यक्तिगत हुन्छ, आफ्नो हुन्छ, तर अरू कसैलाई सुनाएपछि त्यो अरूकै हुन्छ; सार्वजनिक हुनेरहेछ ।
- कथा - बीचको बाटो
- मेरो सपनामा कहिल्यै ठूलो संसार अटाएन ।
- कथा - मेरो प्रारब्ध
- मेरो जीवनमा त चिच्याएरभन्दा पनि नसुन्ने र नबुझ्ने मान्छेहरूको मात्रै भीड छ ।
- कथा - मेरो प्रारब्ध
- यो अर्कै ग्रहबाट आएकोजस्तो मान्छेसँग त्यसैत्यसै मेरो मन अल्झिन थालेको थियो ।
- कथा - मेरो प्रारब्ध
- मनपरी गर्ने अधिकार लोग्नेमान्छेलाई मात्रै छ र ?
- कथा - मेरो प्रारब्ध
- आखिर त मान्छे नै थिएँ म पनि, हाम्रो समाजले महिलालाई मान्छे नसम्झे पनि !
- कथा - मेरो प्रारब्ध
- म खाल्डोमा जमेर बसेको पानीजस्तो सम्बन्ध चाहन्नँ ।
- बन्द खाम (अर्को देशमा)
- सम्बन्ध स्वच्छ हुनुपर्छ, कलकल बगिरहनुपर्छ ।
- बन्द खाम (अर्को देशमा)
- एक–अर्कालाई असुविधामा पार्ने, बाध्य बनाउने, दवाव दिने सम्बन्धको निसास्सिने, गह्रौँ भारी कतिन्जेल लादेर हिँड्न सकिन्छ ?
- बन्द खाम (अर्को देशमा)
- उसका हरेक क्रियाकलापमा मेरो मन एक बित्ता उफ्रिन्थ्यो ।
- बन्द खाम अर्को देशमा)
- म आफ्नो मनलाई पाता फर्काएर त्यसको विपरीत उभिएँ ।
- बन्द खाम अर्को देशमा)
* त्यसपछि मैले सबै चिज बिर्सिएँ— घरपरिवार, विदेश जाने सपना । मैले त आफूलाई समेत बिर्सिदिएको थिएँ ।
- बन्द खाम (अर्को देशमा)
कविताहरूबाट
edit- छोपिएका छन् मेरो वरिपरिका अनुहारहरू
उद्धरण चिन्हभित्र लुकेका वाक्यांशझैँ ।- कविता - "... अनुहारहरू"
- कुनै अनुहारले निर्लज्जतालाई
त, कुनैले आफ्नो हिंसकतालाई छोपेका छन्
कुनैले इर्ष्यालाई
र, कुनैले अहङ्कारलाई लुकाएका छन् ।- कविता - "... अनुहारहरू"
- मायाको कथा
हावाको झोँका,
विश्वासको घर
नजरको धोका ।- कविता - अन्त्यहीन कथा
- केही न केही भनिरहन्थ्यो
सुनिरहन्थ्यो निर्विरोध
तर अचेल
मनलाई बोल्न मन छैन
पढ्न, लेख्न मन छैन,
सुन्न मन छैन ।- कविता - उही मन अचेल
- मेहनतले बुनेर अग्लाएको र
अग्लिँदा अग्लिँदै भत्किएको
टुक्राटुक्रा मेरा आशाहरू
कहीँ कतै फेरि जोडिएछन् भने
लड्दैपड्दै नै सही
बाँचिदिउँला म पनि ।- कविता - ए जिन्दगी !
- मलाई विश्वास छ
कुनै दिन पक्कै
मेरा सपनाहरू विपना भएर आउनेछन्- कविता - एउटा बिहानीको प्रतीक्षामा
- तिमीसँगको साथमा मैले
एउटा नयाँ धरती,
एउटा बेग्लै आकाश
र एउटा स्वर्णिम संसार भेट्टाएकी छु ।- कविता - कतै नभनेको एउटा कुरा
- मेरा घाउहरूको रङ्ग
झनझन गाढा भइरहन्छ
कति नै कोशिस गरे पनि मेटिन्न ।- कविता - घाउहरूको रङ्ग
- विगतका दिनहरू सम्झँदा
तिम्रा आँखा भरिएर आउन्
या मेरा कुनै केटाकेटीपना सम्झेर
तिम्रा ओठ अनायस मुस्कुराउन् ।- कविता - चाहना
- पलपलको त्रासदी बेहोरेर पनि
हरपलको दुखाइ सहेर पनि
उफ !
यो कस्तो जिजीविषा
आँशुको रहमा, मुस्कानको लालसा ।- कविता - जिजीविषा
- कहिले जिन्दगी मलाई खेदिरहेछ
कहिले म जिन्दगीलाई खेदिरहेछु
कहिले जिन्दगी मसँग भागिरहेछ
कहिले म जिन्दगीसँग भागिरहेछु ।- कविता - जिन्दगी र म
- बर्सात्ले मनलाई भिजाउँदैन
वसन्तले रहरलाई छुँदैन
मायाको नाउँमा अचेल
मुटुमा कुनै हलचल हुदैन ।- कविता - जीवनको यस पाटोमा
- सपनाहरूले झस्काउँदैनन्
कल्पनाहरूले बहलाउँदैनन् ।- कविता - जीवनको यस पाटोमा
- तिमीले
एक्लोपनमा खुम्चिएर बसेका
मेरा दिन र रातहरूलाई
जीवनको गहना दिएका छौ,
आँशुमा भिजेर दुखिरहेको
मेरो जिन्दगीलाई
मुस्कुराउने बहाना दिएका छौ ।- कविता - तिमी सोद्छौ भने
- मेरा ओठमा टाँसिएको मुस्कान
कहाँ छ र मेरो जस्तो !- कविता - द्विविधा
- म छु,
म नै हुँ
तर द्विविधामा छु,
स्वरूप मेरो भए पनि
तिमी नै तिमी पाउँछु आफूभित्र ।- कविता - द्विविधा
- बाँचेका पलपलहरू
एक अर्कासँग बाँड्नुमा
कसैको अँध्यारोमा
उज्यालो लिएर उदाउनुमा
जीवनमा इन्द्रेणी भर्नुमा
नसोध मलाई कसैले
के हुन्छ, माया लाउनुमा ?- कविता - नसोध मलाई
- गुञ्जिरहन्छन् शब्दहरू मभित्र यसरी
मानौँ असन्तुष्ट छन्
सुनिदिने कान नभेटेर
बुझिदिने मन नभेटेर ।- कविता - निशब्द शब्दहरू
- मौन छन् यी ओठ
निश्तब्तता छ वरिपरि
तर म गुनासो सुनिरहेकोछु
मनभित्रै लुकेका शब्दहरूको- कविता - निशब्द शब्दहरू
- यिनै शब्दहरू नै त हुन्
तिमी र म बीचको दूरीलाई जोडिदिने योजक ।
** कविता - निशब्द शब्दहरू
- यी शब्द यसरी नै निशब्द भइरहे भने
कहाँ खोजूँला म तिमीलाई,
कसरी खोजूँला म तिमीलाई,
झन अझ,
कहाँ भेटूँला म आफूलाई !- कविता - निशब्द शब्दहरू
- अपुग भएका
तर टन्नै पुगेकाजस्ता रहरहरू
र मनका बातहरू,
पूरा भएका
तर कहिल्यै नसकिएका लामा कुराहरू
र छोटा रातहरू।- कविता - प्रतिरूपसँगको मेरो प्रेम
- नसमातेको तर
अनुभूत गरेको हात
कहिल्यै नछोएको
तर आफू लुक्न पाएको अँगालो ।- कविता - प्रतिरूपसँगको मेरो प्रेम
- आकारविहीनसँगको यस सामिप्यमा
साथमा नभएरै पनि
सँगै हुनुको तरङ्ग छ,
कहिल्यै नदेखेरै पनि
सम्पूर्ण देखेजस्तो प्रभाव छ
कहिल्यै नभेटेरै पनि
एकआपसमा समाहित हुँदाको रोमाञ्च छ ।- कविता - प्रतिरूपसँगको मेरो प्रेम
- महान कर्म हो उज्यालो बाँड्नु
कठीन भोगाइ हो, जलेर सकिनु
तर
अरूकै लागि बलेर सिद्दिनुमा
म कुनै आनन्द देख्दिनँ ।- कविता - प्राप्तिविहीन उज्यालो
- के अर्थ रहन्छ, जब
आफ्नो उज्यालोमा आफैँ हिँड्न सकिँदैन ?
** कविता - प्राप्तिविहीन उज्यालो
- उन्मादको एउटा लहर
हरेक वर्ष एकपल्ट भुलुक्क उम्लिन्छ
र दिन ढल्न नपाउँदै सेलाएर थेचिन्छ ।- कविता - प्रेम दिवस
- मेरो हृदयमा धड्किएका हरेक शब्द
केवल तिम्रा निम्ति हुन्
अनादिदेखि अन्तन्तसम्मका लागि ।- कविता - प्रेम दिवस
- जस्तो कि
आफ्ना औंलाहरूले आफैँलाई छोइँदा
कसैको आभासले काउकुती लागेझैँ
अथवा
ओइलाएका रहरविहीन रहरहरूलाई
कसैले झङ्कृत गराएर ब्यूँझाएझैँ ।- कविता - बँचाइमा जीवन मिसिएझैँ
- प्रत्येक पल
आफ्नै अनुहार फेरिएझैँ लाग्छ
जब मिसिन आयौ तिमी मसँग ।- कविता - बँचाइमा जीवन मिसिएझैँ
- छोडेर गएका मेरा ती दिनहरू
फर्केर फेरि आउने भए
तिनलाई मैले सच्याउन पाउने भए
फेरिदिने थिएँ तिनका अनुहार
पुछिदिने थिएँ गल्ती र पश्चाताप ।- कविता - बितेर गएका मेरा दिनहरूलाई
- फर्केर फेरि आउने भए यदि
टाढिएर गएका मेरा ती दिनहरू
केहीलाई कहिल्यै नसम्झने गरी फिर्ता पठाइदिने थिएँ
केहीलाई कहिल्यै नछुट्ने गरी छातीमा टाँसिरहने थिएँ ।- कविता - बितेर गएका मेरा दिनहरूलाई
- तिमी र म बीचको
यो रित्तो ठाउँलाई
छोडिदेऊ रित्तै निदाइरहन ।- कविता - भरिपूर्ण रिक्तता
- जे जे छ
तिमी र म बीच
छँदैछ त्यो,
जेजे हुनेछ म र तिमीबीच
हुने नै छ त्यो पनि ।- कविता - भरिपूर्ण रिक्तता
- कुनै दिन यसरी भेटूँ म तिमीलाई
न बिदा हुने हतार होस्
न कसैले बिथोल्ला भन्ने अत्यार होस्
कुरा सकियोस् र
मनको अन्तरकुन्तर रित्तियोस्
भन्न छुटेको सम्झेर
न मन पछुताओस्
न कुनै बाडुली आओस् ।- कविता - भेटूँ म कुनै दिन त्यसरी
- नथाकूँ म बोलेर
नअघाऊँ तिमीलाई सुनेर
समयको कुनै सीमा नहोस्
र एकै ठाउँ बाँधिइरहौँ
तिमी, समय र म ।- कविता - भेटूँ म कुनै दिन त्यसरी
- केवल यस्तो अतृप्त सपना नदेखूँ
तृप्त गरिदिने विपना होस् ।
त्यसरी भेटूँ म कुनै दिन
तिमीलाई ।- कविता - भेटूँ म कुनै दिन त्यसरी
- न मनाएर मान्ने
न सम्झाएर सम्झिने
यो एकोहोरो मन !- कविता - मन
- मन त मनै हो
एकपलको खुशीको कामनामा
हजारौँ दु:खसँग अल्झिरहन्छ,
जूनको चाहमा जलेर रातभर
शीत बनेर झरिरहन्छ,
कुनै पुरानो घाउ झैँ
बल्झिरहन्छ, दुखिरहन्छ ।- कविता - मनको कथा
- थाहा छ,
पूरा हुने छैनन् मनका सबै मागहरू
तर पनि मन त मनै हो,
अनेक कामना गरिरहन्छ
कतै उक्लिरहन्छ, र ओर्लिरहन्छ ।- कविता - मनको कथा
- छटपटाएको अँगालोभरी
चाहनै चाहना भरेर
कल्पनाको मझधारमा बग्दा
जति भेटिन्छ मायाको मिठास
स्पर्शको उष्णतामा भेट्न सकिँदैन ।- कविता - मायाको मीठास
- र,
एकपल्ट उसले
राखिदिई फोन
सधैँका लागि !- कविता - मोहको अधूरो यात्रा
- यहीँ बसिरहूँजस्तो लागिरहेछ, मलाई
आउने जानेहरूमा
तिम्रो झझल्को देखेर।- कविता - यादहरूको गाँठो
- किन सकिनौ तिमीले
यस्तै कसिलो गरी बाँध्न
मसँगको गाँठो !- कविता - यादहरूको गाँठो
- सम्झौता र स्वार्थहरूमा
आस्था र विश्वास खोज्दै
थिचिएर जिन्दगीको बोझमुनि
अलिकति सुबिस्ता र विश्राम खोज्दै
छटपटाएको धेरै भो
तर यो रोजाइ पनि त मेरै हो ।- कविता - रोजाइ
- यथार्थलाई बुझपचाउँदै
सपनाको दुनियाँमा रगमगाएको धेरै भो
तर यो रोजाइ पनि त मेरै हो ।- कविता - रोजाइ
- तिमीलाई भेटेपछि पो लाग्यो
मैले त केही लेखेकै रहेनछु ।
** कविता - लेख्न बाँकी कुरा
- एउटा भ्रमजस्तै लाग्ने
सत्य हो कि सपनाजस्तो
पागलपनको पछाडि
यो मन, किन
यतिबिघ्न नाजुक हुन खोजिरहेछ !- कविता - शीतल उष्णता
- दृढ स्वरमा भनेँ -
‘आमा ! म अर्को घर बनाउँदिनँ !
म कहिल्यै ठूलो हुँदै हुन्नँ !’- कविता - सन्तान
- पूरा हुन नसकेका
अनगिन्ती चाहनाको चितामा
फुलेको एउटै मात्र फूल
अथवा
दुनियाँको भिडमा हराउँदा
समातेर पाखामा तान्ने
अनुहारबिनाको हात।- कविता - सपनाको स्वर्णिम आकृति
- दुःखका धूँवाहरूका बीच टल्किएर उठ्ने
सुखका केही झिल्कहरू,
अथवा
स्वार्थका लागि रचिने सम्बन्धहरू बीच
निःस्वार्थ साथको एक नदी ।
- कविता - सपनाको स्वर्णिम आकृति
- सोह्रै आना बनाइदेऊ
तिम्रो र मेरो यो साइनोलाई
जहाँ अनन्त शून्यावस्थाको
सम्पूर्णता अनुभूत हुन सकोस् !
- कविता - सोह्रै आना बनाइदेऊ
- अब, तिमी आफैँ बुझिदेऊ
बाँकी रहेका एक आना कुरा
र
सोह्रै आना बनाइदेऊ
तिम्रो र मेरो यो साइनोलाई !
जहाँ अनन्त शून्यावस्थाको
सम्पूर्णता अनुभूत हुन सकोस् !- कविता - सोह्रै आना बनाइदेऊ
- एउटा व्याकुल मन सम्हाल्दै आइरहेकी हुँ
कैयौँ शताब्दीदेखि,
तर अचानक, यस्तो लागिरहेछ
मानौँ, मभित्रबाट मन कतै भागिसकेछ ।- कविता - स्थिरताको भय
- आँखा ओबानो छ, ठिकै छ
तर किन मनको ओठबाट कुनै
पीडाको सुस्केरा झर्दैन ?- कविता - स्थिरताको भय
- मलाई
यो मनको निश्चलतासँग
एक प्रकारको डर लागिरहेछ ।- कविता - स्थिरताको भय
अन्य
edit- कस्ता दिन आए हामी नेपालीहरूका ! नराम्रा, नकारात्मक कुराहरू सुन्ने बानी यस्तो परिसकेछ कि आक्कल झुक्कल एउटा दुईटा राम्रा खबर सुनिगइयो भने पनि विश्वास गर्नै गाह्रो । 'साँच्चै हो र ?' 'सही हो र ?' भनेर सोधखोज गर्दै हिँड्नुपर्ने !
- मन्दिर र घर ढले भने फेरि बन्छन्, ठडिन्छन्; तर मान्छेको इमेज, इज्जत मनबाट, आँखाबाट ढल्यो भने कहिल्यै उठ्दैन । ठडिँदैन ।
विकिपिडियामा सानु शर्माको बारेमा एक लेख छ। |
विकिमिडिया कमन्समा अरु धेरै सामग्रीहरू छन्: सानु शर्मा |
वाह्य लिङ्कहरू
edit- Sanu Sharma at Goodreads
- Sanu Sharma at Spillwords
- Sanu Sharma at Poemhunter
- Sanu Sharma at Allpoetry