Wq/ne/श्रीकृष्ण

< Wq‎ | ne
Wq > ne > श्रीकृष्ण

कृष्ण हिन्दू धर्म शास्त्रका अनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिन्छन् । भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो। श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए। त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाल उनलाई गोपाल तथा नंदलाल नामले पनि जानिन्छ। श्रीकृष्णका एक दाजु बलराम नन्द गोपका छोरा थिए।

श्रीकृष्ण

कृष्णको कथन हरू edit

  • जब जब धर्मको हानि हुन्छ, अधर्मको वृद्धि हुन्छ त्यस बेलामा मैले आफुलाई प्रकट गरेको हुन्छु ।

...

  • जसको हृदय पवित्र छ उनीहरु धन्य छन् । किनभने उनीहरुले ईश्वरको ज्ञान प्राप्त गर्छन् ।

...

  • जसरी उदाउंदो सूर्यले रात्रिको अन्धकारलाई नाश गरी दिन्छ त्यसै गरी आत्माको ज्ञानले समस्त भ्रम निवारण हुनजान्छन् ।

...

  • जसरी जीवात्माले यस शरीरमा कौमार्य, र्याैवन, र वार्धक्य प्राप्त गर्छ, त्यसै गरी उसले आफ्ना अन्य शरीर पनि प्राप्त गर्छ । यस विषयमा ज्ञानी मोहित हुंदैन ।

...

  • जुन कार्य मेरो सेवाको रुपमा गरिन्छ, अनि त्यो पवित्र र पुनीत बन्न जान्छ ।

...

  • विषयको चिन्तन गर्ने मानिसको तत्तत विषयमा आसक्ति हुन जान्छ । आसक्तिले कामना उत्पन्न हुन्छ, कामनाले क्रोध उत्पनन हुन्छ, क्रोधले अविवेक उत्पन्न हुनजान्छ । अविवेकले स्मृति भ्रम र स्मृतिभ्रमले बुद्धिनाश अनि बुद्धिनाशले मानिस पतन हुनजान्छ ।

...

  • तर आत्म संयमवान मानिस रागद्वेषरहित भएर आफ्ना वशमा गरिएका इन्द्रियहरुद्वारा विषय भोग गर्दै अन्तःकरणको प्रसन्नतालाई प्राप्त गर्छ ।