Wq/ne/विद्या देवी भण्डारी

< Wq‎ | ne
Wq > ne > विद्या देवी भण्डारी

विद्यादेवी भण्डारीनेपालको राष्ट्रपति तथा प्रथम महिला राष्ट्रपति हुन् । गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिमा निर्वाचित हुनु पूर्व उनी एक राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष थिइन् । यिनी स्वर्गीय नेता मदन भण्डारीकी धर्मपत्नी हुन्। उनलाई विश्व प्रसिद्ध पत्रीका फोर्ब्सले बर्ष २०१६का शक्तिशाली महिलाहरु मध्ये ५२औं स्थानमा सूचिकृत गरेको छ ।

File:Vidhya Bhandari1.JPG

भनाई edit

२०१८, अप्रिल ९

  • सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना !
    • नयाँ ट्विटर खातादेखि बाल बालिकालाई शिक्षाको पौचमा पुर्याउन दिएको शुभ कामना ।

२०१७,अप्रिल १८

  • मेरो भारत भ्रमण दुई देशको मित्रतालाई प्रगाढ बनाउन र नयाँ उचाईमा पुर्याउन सफल हुनेछ भन्ने मैले अपेक्षा गरेको छु।[1]

विसं २०७५
संबिधानले प्रत्याभूत गरेका नागरिकका मौलिक अधिकार र आधारभूत आवश्यकताको सम्मान गर्न, संविधानको मर्मको पालना गर्न र देशको समृद्धि, एकता र शान्तिलाइ जोगाइराख्न मन, वचन र कर्मले लाग्नु देशका सबै राजनीतिक दल र सम्पूर्ण नेपालीको परम कर्तब्य हो।[2]
२०७५ वैशाख १२

  • आजकै दिन तीन वर्ष अगाडि गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पुर्‍याएको क्षतिले अझै पनि मलाई दुःखी तुल्याइरहेको छ । पुनर्निर्माणमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै विपत्तिमा अमूल्य जीवन गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ! घाइते र पीडितमा गहिरो माया ।
    • ट्विटरबाट दिएको श्रद्धाजंलि

उनको बारेमा edit

  • उनी नेपालकी प्रथम महिला राष्ट्रपति हुन ।
  • नेपालमा संस्कार, धर्म र परम्पराको आडम्बर गर्ने पूरुषहरूको बास्तविक मानसिकतालाई नांगो रुपमा प्रस्तुत गरेको छ यस घटनाले । आमाको यौनांगबाट जन्मिएका ती सन्तानले कसरी आमाको मुख हेर्लान अब । विधवाबादमा विश्वास गर्ने बाबु मरेका छोराहरूले त यस्तो क्रुर समाजमा झन आमालाई घरबाट निक्लनै नदिने पो हो कि भन्ने डर उत्पन्न भएको छ । यो विषय शक्तिसँग जोडिएको भएता पनि यसको लैंगिक दृष्टिकोण गम्भीर छ । डा. रामबरणलाई विदुर भनेर कहीं कतै विरोध नगर्ने समाजले महिलालाई शक्तिमा देख्न मन पराउँदो रहेनछ भनी गम्भिर भै सवालको जवाफ दिइन ।
    • राष्ट्रपति विद्या भण्डारीेको जनकपुर मन्दिर दर्शन र नारी माथि गरिएको अभद्र व्यवहार र छुद्र आचरणले सम्पूर्ण विश्वलाई के संदेश दिन्छ भन्ने जिज्ञासामा साधना घिमिरेको भनाई
  • २१ औ शताब्दीमा यस्तो हुनु एउटा लाजमर्दो कुरा हो भनिन । सवाल यहाँ कसलाई र किन गर्यो भन्ने हॊइन भनाई सवाल नेपाल एउटा सिंगो राष्ट्र जसले महिला बिरुद्ध हरेक अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरेको छ । आज वहा प्रतिको हिंसा हरेक महीला प्रति को हिंसा हो ।
    • राष्ट्रपति विद्या भण्डारीेको जनकपुर मन्दिर दर्शन र नारी माथि गरिएको अभद्र व्यवहार र छुद्र आचरणले सम्पूर्ण विश्वलाई के संदेश दिन्छ भन्ने जिज्ञासामा माधवी कार्की[3]

स्रोत edit

  1. बीबीसी
  2. president of np
  3. majheri