Wq/ne/वारेन बफेट

< Wq‎ | ne
Wq > ne > वारेन बफेट

वारेन बफेट प्रसिद्ध अमेरिकी व्यवसायी हुन् । फोर्ब्स पत्रिकाले निकाल्ने विश्वका धनी व्यक्तिहरुको सुचिमा उनको नाम पनि आउँछ । वर्कशेर हाथ्वे नामक बहुराष्ट्रिय कम्पनीका सीईओ तथा सबैभन्दा बढी शेयर भएका वारेनको जन्म सन् १९३० अगस्ट ३० मा भएको थियो ।

वारेन बफेट

कथनहरू edit

  • असाधारण नतिजा प्राप्त गर्नको लागि असाधारण काम गर्न जरुरि नै छैन ।
  • आफ्नो नाम कमाउन लागि २० वर्ष समय लाग्छ भने बदनाम हुनको लागि पांच मिनेट पनि लाग्दैन । यदि यो सम्झेर तिमीले काम गर्यौ भने, तिमीले फरक तरिकाले काम गर्न थाल्नेछौ।
  • तिमी भन्दा राम्रा व्यक्तिको संगत गर, जसले गर्दा तिमी पनि अझ राम्रो गर्ने बाटोमा हिंड्न थाल्छौ ।
  • मैले हाम फाल्नको लागि सात फुटको बार हेर्दिन । मैले त एक फुटको बार हेर्छु, जसलाई म नाघ्न सकूँ ।
  • म बताउँछु तिमीलाई , धनी कसरि हुने, ढोका बन्द गर। अरु लोभी हुँदा, आफूले डर मान । अरु डराउँदा आफू लोभी बन।”
  • म राम्रो लगानीकर्ता हूँ, किनभने म राम्रो व्यवसायी हूँ । र, म राम्रो व्यवसायी हूँ, किनभने म राम्रो लगानीकर्ता हूँ ।
  • सफल लगानीकर्ताको लागि अनुशासन र धैर्यता अपरिहार्य तत्व हुन् ।
  • तिमीले खराब मानिससंग राम्रो सम्झौता गर्न सक्दैनौ ।
  • कति मानिसहरुले मलाई माया गर्छन् , त्यहि आधारमा मैले मेरो सफलता मापन गर्छु ।
  • व्यवसायमा सफल भएका मानिसहरु तिनै हुन्, जसले आफूले मन पराउने काम गरे ।
  • आज कोही छायाँमा बसिरहेको छ, किनभने धेरै वर्ष पहिले यहाँ कसैले रुख रोपेको थियो ।
  • सबैभन्दा ठूलो लगानी आफ्नो विचार, आफ्नो व्यक्तित्वमा गर ।

स्रोत edit

(सफल स्टोरी)