लक्ष्मीप्रसाद देवकोटा ( वि. सं. १९६६, तदनुसार १२ नोभेम्बर (सन् १९०९) - वि. सं. २०१६ भाद्र २९, (तदनुसार १४ सेप्टेम्बर सन् १९५९)) नेपाली साहित्यका महाकवि हुन्। देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए। उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ।
कथनहरू
editकृतिहरूबाट
edit
- छेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुदैन,
मनिस् ठूलो दिलले हुन्छ जातले हुदैन।- मुना मदन
- मुना मदन
- जरुर साथी म पागल!
यस्तै छ मेरो हाल!- पागल
- पागल
- तिम्रा महापण्डित, मेरो महामूर्ख!
तिम्रो स्वर्ग, मेरो नरक!
तिम्रो सुन, मेरो फलाम
साथी! तिम्रो धर्म मेरो पाप!- पागल
- पागल
- कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो?
कुन सामग्री पूजा गर्ने
साथ कसोरी लाने हो?
मानिसहरूका काँध चढी
कुन देवपुरीमा जाने हो?- यात्री
- यात्री
- सडक किनारा गाउँछ ईश्वर
चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको
पीडा, दु:खको गानामा- यात्री
- यात्री
- नटिप्नु हेर कोपिला!
नचुँड्नु पाप लाग्दछ।
नच्यात्नु फूल नानि हो!
दया र धर्म भाग्दछ।।- पाप लाग्छ
- पाप लाग्छ
अन्य
edit
- म मरेपछि मेरा सबै कृति जलाईदिए पनि मुना मदन चाही नजलाउनु ।
विकिपिडियामा लक्ष्मीप्रसाद देवकोटाको बारेमा एक लेख छ। |
स्रोत
edit