मिरुना मगर (जन्म: १८ जुलाई १९९४) एक नेपाली अभिनेत्री हुन्।
कथनहरू
edit- मलाई मेकअपमा एकदमै रुचि छ। छालालाई सुरक्षित राख्नका लागि हरेक दिन म हल्का मेकअप गर्छु। सुटिङमा गइरहनुपर्ने भएकाले मेकअप नगरी हुन्न। धेरैजसो सुटिङमा पनि म आफै मेकअप गर्छु। मेकअपमा मलाई ‘कन्सिलर’ नभई हुन्न। यसले अनुहार चम्किलो बनाउने भएकाले कन्सिलरको प्रयोग छुटाउँदिन।
- "‘मेक अप आफै गर्छु’", नारी, २०७८ चैत १५।
- कुनै पनि सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन। तपाईंहरूमध्ये धेरैले मसँग बाँड्न आउनुभएको मेराजस्ता घटनाका कथाबाट म अत्यन्तै प्रभावित भएकी छु। यो समयमा यी कथाबाट साहस जुटाउन सकेकोमा तपाईंको प्रशंसा नगरिरहन सक्दिनँ। चुपचाप आफूले कहिल्यै दुःख नसहनुहोस् र गलतको विरुद्ध जहिल्यै लड्नुहोस्। अहिलेलाई जति नै कठिन भए पनि भोलिको दिनमा परिवर्तन अवश्य होला।
- "माफी माग्दै मिरुनाले भनिन्- सही कार्यका लागि समय गलत हुँदैन", अनलाइन खबर, २०७९ जेठ १९।
बाह्य कडीहरू
edit विकिपिडियामा मिरुना मगरको बारेमा एक लेख छ। |