भानुभक्त आचार्य (वि. सं. १८७१ असार २९ – वि सँ १९२५ असोज ६)[1] नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।[2]। उनले प्रश्नोत्तर (वि.सं. १९१० ), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा(वि सं १९१९) [1] लगायतका कृतिहरू लेखेका छन्। उनका पाण्डुलिपिलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन।
कथनहरू
edit- घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो.- घाँसी
- घाँसी
- बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलिभोली ।- बिन्ती डिट्ठा विचारीसित
- बिन्ती डिट्ठा विचारीसित
- यति दिन पछि मैले आज बालाजि देख्याँ,
पृथिवि तलभरीमा स्वर्ग हो जानि लेख्याँ।- बालाजि
- बालाजि
- यति छन् भनि गन्नु काहाँ धनि ञाँ,
खुसि छन् बहुतै मनमा दुनिञाँ,
जनकी यसरी सुखकी सगरी,
अलकापुरि कान्तिपुरी नगरी।।- कान्तिपुरी नगरी
- कान्तिपुरी नगरी
- जगत् मा खुप् धाञाँ न त सुफल पाञाँ कहिं रती।
तपस्याको हानी हुनकन गयाको कहुँ कती।।
तपस्या गर्न्या काल् अघि बिति गयो क्यारुँ अहिले।
यसै योनीमा पार् सहज न तर्या तर्नु कहिले।- भक्तमाला
- भक्तमाला
विकिपिडियामा भानुभक्त आचार्यको बारेमा एक लेख छ। |