Wq/ne/प्लेटो

< Wq‎ | ne
Wq > ne > प्लेटो

प्लेटो (४२४/४२३ ई.पू – ३४८/३४७ ईपू) ग्रीकका प्रशिद्ध दार्शनिक हुन। उनी अर्का विश्वप्रशिद्ध दार्शनिक सुकरातका शिष्य तथा अरस्तुका गुरु हुन। यी तीन दार्शनिकहरूको त्रयीले नि पश्चिमी संस्कृतिको दार्शनिक आधार तैयार गरेको छ । यूरोपमा ध्वनिको वर्गीकरणको श्रेय प्लेटोलाई नि जान्छ ।

कथनहरू edit

  • माता पिता आफ्ना सन्तानलाई उत्तरदानमा धनसम्पत्ति होइन अपितु श्रद्धाको भावना दिउन ।
  • मानिस अँध्यारोसंग डराउनु नै सबैभन्दा ठूलो दु:खद वियोगान्त हो ।
  • यदि मानिसले शिक्षालाई बेवास्ता गर्छ भने उसको बाँकी जीवन नै अपूरो रहन्छ।
  • किताबले संसारलाई आत्मा दिन्छ, दिमागलाई पंखेटा दिन्छ कल्पनाशक्तिको उडान भरिदिन्छ र सबैकुरामा जीवन भरिदिन्छ ।
  • मानिसले आफूले पाएको शक्तिको कसरि प्रयोग गर्छ, त्यहि आधारमा उसको मूल्यांकन गर्न सकिन्छ ।
  • सत्य बोल्ने मानिसलाई नै धेरैले घृणा गर्छन्।
  • कुनै पनि आविष्कारलाई जन्माउने आमा भनेकै ‘ आवश्यकता ‘ हो ।
  • यदि लक्ष्य नैतिक र उच्च हुँदैन भने, ज्ञान नै राक्षस बन्न पनि सक्छ ।
  • पृथ्वीका सबै मानिसहरु एकै हुन् र यी सबैलाई एकै शृष्टिकर्ताले बनाएका हुन् ।
  • मानिसले लिने सही निर्णय उसको ज्ञानको दायराले तय गर्छ ।
  • लेखन भनेको मानिसको आत्माको ज्यामिती हो ।

स्रोत edit