Wq/ne/पुस्तक

< Wq‎ | ne
Wq > ne > पुस्तक

पुस्तक वा किताब शव्दहरू, चित्रहरू, लगायत बिभिन्न चिजहरू छापिएका कागजहरूको समूह हो। आजको नया समयमा किताब बिधुतीय पनि हुन सक्छ जस्लाई (इ-बूक्) भनिन्छ . केही पुस्तकहरूमा तस्बीर पनि हुन्छन् त केहीमा हुँदैनन्। सामान्यतया पुस्तकमा धेरै पानाहरू हुन्छन् जसलाई एकापट्टी बाँधेर बाहिर दुई जिल्लाले ढाकिन्छ। पुस्तकहरूका ठूला समूहलाई पुस्तकालय भनिन्छ। कुनै साहित्यिक कार्य वा त्यस्तो कामको मुख्य शाखालाई पनि किताब भनिन्छ।

अक्सफर्ड विश्वविद्यालयकोBirds on the wire - crop.jpg मर्टन कलेज पुस्तकालयमा रहेको ऐतिहाँसिक पाण्डुलिपी।

भनाई edit

  • पुस्तकले संसारलाई सासन गर्दछ । - भोल्टेएर
  • एउटा पुस्तक बराबरको वफादार मित्र अर्को कोही छैन । - अर्नेस्ट हेमिङ्ग्वे
  • म पुस्तकविना बाँच्न सक्दिन । - थोमस जेफर्सन
  • केही पुस्तक चाख्नका लागि हुन्छन्, केही निल्नका लागि तर थोरै मात्र पुस्तक चपाउन र पचाउनका लागि हुन्छन् । - फ्रान्सिस बेकन
  • पुस्तकलाई जलाउनु भन्दा ठूलो अपराध हो यसलाई नपढ्नु । - जोसेफ ब्रोड्स्की
  • जसरी तलवारलाई तिखो बनाउन ढुंगाको आवश्यकता पर्दछ उसरी नै मस्तिष्कको लागि पुस्तक । - जर्ज आर्. आर्. मार्टिन
  • पुस्तक एउटा यस्तो उपहार हो जुन पटक पटक खोल्न सकिन्छ । - ग्यारीसन कैलर
  • सबैभन्दा राम्रो पुस्तक त्यो हो जसले तपाईले पहिल्यै जानेको कुरा बताउदछ । - जर्ज अर्वेल
  • कुनै त्यस्तो व्यक्तिलाई भरोसा नगर जसले आफ्नो साथमा कुनै पुस्तक ल्याएको हुदैन । - लेमनी स्निकेट
  • म सबैको सामु घोषणा गर्दछु कि पुस्तक पढ्नु जत्तिको कुनै आनन्द छैन । - जेन आस्टेन