Wq/ne/पाउलो कोएल्हो

< Wq‎ | ne
Wq > ne > पाउलो कोएल्हो

पाउलो कोहेल्हो ब्राजीलका चर्चित गीतकार तथा उपन्यासकार हुन।उनको जन्म अगस्ट २४,१९४७मा भएको थियो।

पाउलो कोहेल्हो

कथन edit

  • एकदिन जब तिमी ब्युझनेछौ, तिमीले गर्न चाहेका धेरै काम हुनेछन्, तर तिमीसंग कत्ति पनि समय बाँकी रहनेछैन । त्यसैले जे गर्नु छ, आजै गर।
  • यदि सफल हुन चाहन्छौ भने , एउटा नियमको सधै पालना गर – आफूलाई कहिल्यै नढाँट ।
  • तिमीले इन्द्रेणी हेर्न चाहन्छौ भने कालो बादल र वर्षालाई सहने हिम्मत गर्न सक्नुपर्छ ।
  • आँशु र पीडा भनेका शब्दहरु हुन् , जसलाई लेख्न जरुरि छ ।
  • सपना पूरा हुन नसक्ने एक मात्र कारण हो, असफल भइने डर ।
  • कसैले पनि बन्द आँखाले आफ्नो गन्तव्यमा तीर हान्न सक्दैन ।
  • जीवनका प्रत्येक संघर्षले हामीलाई जिउन सिकाइरहेका हुन्छन् ।
  • हामीले आफूलाई चिन्ने प्रयास गर्यौं भने , हामी आफूले सोंचेभन्दा पनि टाढा पुग्न सक्छौं ।
  • यदि तिम्रो जीवनबाट कोही जान्छ भने, निरास नहोऊ । त्यो ठाउँ योग्य व्यक्तिको लागि खालि भएको हो र ऊ आउंदैछ ।
  • मानिस आफ्नो जीवनको कुनै पनि अवस्थामा सपना पूरा गर्नको लागि योग्य हुन्छ । मात्र, उसले आफू माथि विश्वास गर्नु जरुरि छ ।
  • तिमीले जे काम गर्ने निर्णय गरेको छौ, यति निश्चित गर की त्यो कामले तिमी खुशी हुनेछौ या छैनौ । –

स्रोत edit