पंचतन्त्र छोटाछोटा कथाहरूको संगालो हो । यो संस्कृत साहित्यको अमर कृति हो । विश्वका धेरै भाषामा यसको अनुवाद भएको छ । यसमा पशुपंछीका कथाहरू छन् । केही कथामा मानिस पात्र पनि छन् ।इसपका नीति कथाहरूजस्तै पंचतन्त्रका कथाहरू पनि विश्व प्रसिद्ध प्राचिन नीति कथा हुन् । सबै कथाले मानिसको जीवनलाई आदर्श र.नैतिकवान बनाउने शिक्षा र सन्देश दिन्छन् ।
कथाहरू
edit१. मित्रभेद-२३ कथा (मित्र ,सिंह र गोरुको मित्रतामा भेद)
२. मित्रलाभ-६ कथा (मित्र : चरा हरू,मुसा ,हरिण र कछुवाको मित्रता)
३. संधि - विग्रह-१६ कथा (काग र लाटोकोसेरोको झगडा र मिलाप)
४. लब्ध प्रणाश-१५ कथा (वादर र गोहि :लाभ र हानि)
५. अपरीक्षित कारक-१४ कथा (ब्राह्मण र जनावर को कथा-विना सोचको परिणाम) मनोविज्ञान, व्यवहारिकता तथा राजकाजका सिद्धान्तहरूलाई सरल एवं सरस लवजमा प्रस्तुतिकरण नै यसको मूल विशेषता हो। पूर्वीय नीति कथा हरूको अर्को उल्लेख्य ग्रन्थ हितोपदेश का रचना कार पं. नारायणले स्वयं पञ्चतन्त्रको प्रभावलाई स्वीकार गरेका छन्।
विशेष कथनहरू
edit- ज्ञानीले त्याग्दछन् आधा सबै नाश हुने हुँदा चल्दछ काम बाँकीले, सर्वनाश नहोस् कदा ।