नरेन्द्र दामोदर दास मोदी( जन्म: १७ सेप्टेम्बर १९५०) गणतन्त्र भारतको वर्तमान प्रधानमन्त्री तथा भारतीय राजनीतिज्ञ तथा भारतीय जनता पार्टीको नेता हुन् । नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको गुजरातमा भएको थियो । उनी २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री रहे । सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका हुन् ।
कथनहरू
edit- जती तपाई म माथि हिलो हाल्नु हुन्छ तेतिनै धेरै कमल फुलछ ।
- कुनै पनि राजनीतिक पार्टीको लागि उसको घोषणापत्र गीता र कुरान जस्तो हुनु पर्छ ।
- लोकतन्त्रमा जनमत सदैव निर्णायक हुन्छ र हामी सबैले विनम्रताका साथ यसको स्विकार गर्नुपर्दछ ।
- राजनितिमा कुनै पूर्णविराम हुदैन ।
- हामी कुनै व्यक्तिको सनकद्वारा सरकार चलाउदैनौ । हाम्रो विकास सुधारद्वार सञ्चालित छ, हाम्रो सुधार नितीद्वारा सञ्चालित छ र हाम्रो निती जनताद्वारा सञ्चालित छ ।
- मेरो निम्ती राजनीति महत्वकांक्षा होइन बल्की एक मिशन हो ।
- मेरो निम्ती धर्म काम प्रति निष्ठा हुनु हो र निष्ठापूर्वक काम गर्नु धार्मिक हुनु हो ।
- कडा मेहेनतले हामीमा थकान होइन सन्तोष ल्याउदछ ।
- इच्छा स्थिरता=संकल्प, संकल्प कडा मेहेनत=सफलता ।
- समाजसेवाले हामीलाई आफ्नो रिण चुकाउने मौका प्रदान गर्दछ ।
- तिनीहरू जो हिडिरहन्छन् उनीहरूले मिठो प्रतिफल प्राप्त गर्दछन् । यसर्थ अघि बढ्दै गर ।
- हामी सबैमा असल र खराब गुण हुन्छन् । जसले असल गुणमा आफ्नो ध्यान केन्द्रित गर्छ उही सफल बन्दछ ।
- मन कहिल्यै हाम्रो समस्या होइन, समस्या त हाम्रो मानसिकता हो ।
स्रोत
edit विकिपिडियामा Wq/ne/नरेन्द्र मोदीको बारेमा एक लेख छ। |