- वेदका विषयहरुलाइ निन्दा गर्ने, शास्त्र र शास्त्रद्वारा निर्दिष्ट असल आचरणलाई व्यर्थ ठानने, शान्त स्वभाव हुने सजजनलाई ढोंगी र पाषण्डी सम्झने र नराम्रो बचन बोलने व्यक्तिले व्यर्थै दुःख पाउनेछन् । कहिल्यै ननासिने वस्तु सत्य हो जुन कदापि बदलिँदैन ।
- कामवासनाजस्तो रोग अरु कुनै छैन । अज्ञान वा मोहजस्तो ठूलो शत्रु अरु हुँदैन । रिसभन्दा ठूलो अग्नि (आगो) अरु कुनै छैन । ज्ञानभनदा ठूलो सुष अरु कुनै हुँदैन । कामवासना मानिसको ठूलो रोग हो मोह, माया र अज्ञान ठूलो शत्रु हो । रिसभन्दा ठूलो अर्को भतभत पोल्ने आगो हुँदैन र ज्ञान बुद्धिभन्दा ठूलो सुष अरु कुनैमा छैन । अतः ज्ञानीजनले काम, क्रोध, मोह यी कुरा सदासर्वदा त्याग्नु नै उत्तम हुन्छ ।
- दरिद्रता नाश गर्ने दान नै हो शील–स्वभावले व्यक्तिको दुःख र कष्टलाई नष्ट पार्छ । बुद्धिले अज्ञान नष्ट गर्छ र भावना एवम् भक्तिले डर नाश गर्दछन् ।
- मानिस संसारमा एक्लै जन्मिन्छ, एकलै मर्छ, एक्लै नै राम्रो र नराम्रो कर्मको फल भोग गर्दछ । एक्लै नरकमा पर्छ र एक्लै परमगतिमा पनि पुग्दछ । यी माथिका सबै काममा उसको कोही पनि भागेदार (साझेदार) हुँदैन ।
- जो ब्रम्हज्ञानी छ, उसमा स्वगृको इच्छा रहँदैन उसले स्वर्गलाई तृण झरपात बराबर सम्झन्छ, किनकी स्वर्गीय सुषपछि मानिसले पुनः जन्मनुपर्छ । ब्रम्हज्ञानी भने ब्रम्हलीन हुन्छन्, अतः उनलाई स्वर्गको कुनै महत्व हुँदैन । लडाँइमा (रणभुमीमा) युद्धकौशल (वीरता) देखाउने बहादुरलाई आफ्नो ज्यानको परवाह रहँदैन (माया हुँदैन) । जसले आफ्ना इन्द्रिय जिती बसमा गर्छ त्यसले युवतीलाइ तृणबराबर सम्झन्छ, मामुली ठान्दछन् । जो सांसरिक माया, मोह त्यागी कुनै पनि वस्तुमा लिप्त छैन, उसका लागि सांसरिक सुष भन्ने वस्तु तृणबराबर हुन्छ ।
- परदेश गएका अवस्थामा विद्या मित्र (साथी) हुन्छ । घरमा पत्नी नै मित्र हुन्छिन् । रोगीका लागि औषधि मित्र हुन्छ । मरेपछिको मित्र धर्म नै हुन्छ । त्यसकारण समयअनुसारका मित्रको विचार गर्नु नै श्रेयकर हो ।