Wq/ne/अल्बर्ट आइन्स्टाइन

< Wq‎ | ne
Wq > ne > अल्बर्ट आइन्स्टाइन

अल्बर्ट आइन्स्टाइन एक सैद्धान्तिक भौतिकविद थिए। उनी १४ मार्च १८७९ मा जन्मे र १८ अप्रिल १९५५ मा उनको निधन भयो। उनी सबैभन्दा बढी सापेक्षताको सिद्धान्त र द्रव्यमान-ऊर्जा समीकरण E = mc को लागि चिनिन्छन्। उनलाई सैद्धान्तिक भौतिकी, खास गरी प्रकाश-विद्युत प्रभावको खोजको लागि १९२१ मा नोबेल पुरस्कार प्रदान गरियो।

आइन्स्टाइन

कथन edit

  • क्रोध मूर्खहरूको मनमा नै बस्ने गर्छ।
  • मलाई सहयोग गर्ने सवालमा जजसले नाइँ भने, उनीहरूप्रति म आभारी छु किनकि उनीहरूकै कारण म आफ्ना लागि आफै काम गरिरहेको छु।
  • जो व्यक्तिले कहिले गल्ती गरेन त्यस्ले कहिले केहि नयाँ गर्ने कोसिस गरेन ।
  • ज्ञान भन्दा कल्पना धेरै शक्तिशाली हुन्छ ।
  • एकमात्र सच्चा मूल्यवान चिज आत्मज्ञान हो ।
  • म भविष्यको बारेमा उस्तो सोच्दिन किनभने यो छिट्टै आउदछ ।
  • धर्म विना विज्ञान लंगडो र विज्ञान विना धर्म अन्धो हुन्छ ।
  • हामीले बलद्वारा शान्ति प्रप्त गर्न सक्दैनौ । मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ ।
  • गणित गाह्रो लाग्छ भनेर चिन्तित नहोऊ । तिम्रो मस्तिष्क अझै पनि महान् छ ।
  • यदि A सफलता हो भने, सूत्र हुन्छ A=X+Y+Z । जहाँ X भनेको कार्य, Y भनेको मनोरञ्जन र Z भनेको आफ्नो मुख बन्द राख्नु हो ।
  • हिजबाट सिक, आजँका लागि बाचँ र भोल्का लागि आशा गर । सबैभन्दा महत्वपूर्ण कुरा हो, प्रश्न गर्न बन्द नगर्नु ।
  • जुन व्यक्तिले कुनै पनि गल्ति गरेन भने उसले केही पनि सिकेन ।
  • ईश्वर हुनुभन्दा अघि हामी सबै बराबर विद्वान र उतीनै मुर्ख थियौ ।
  • अप्ठ्यारोको बीचमा नै अवसर लुकेको हुन्छ ।
  • जसले जीवनमा कुनै गल्ती नै गरेन, उसले जीवनमा केही गर्ने प्रयास नै गरेन ।
  • जीवन साइकल चलाए जस्तै हो । ब्यालेन्समा राखिराख्न तिमी हिंडीराख्नुपर्छ ।
  • सफल मानिस होइन असल मानिस बन्ने प्रयास गर ।
  • अरुको लागि बाँचेको जीवन मूल्यवान हुन्छ ।
  • कल्पना, ज्ञानभन्दा बढी शक्तिशाली हुन्छ ।
  • यो होइन म धेरै ‘स्मार्ट’ छु , साँचो त यो हो की म समस्याहरुसंग लामो समयसम्म लडीरहन्छु ।
  • अनुभव नै ज्ञानको स्रोत हो ।
  • डुंगा नदी किनारमा सुरक्षित रहन सक्छ । तर डुंगा बनाउनुको उद्देश्य त्यो होइन।
  • जबसम्म प्रयास गर्न छोड्दैनौ, तबसम्म तिमी असफल भएको मानिदैनौ ।
  • हामीले जब हामीमा भएको सिमिततालाई स्वीकार्छौं, तब त्यसलाई जितेर अगाडी बढ्न सक्छौं ।
  • हरेक व्यक्ति सक्षम हुन्छ । तर यदि तिमीले माछालाई रुख चढ्न नसकेको आधारमा मूल्यांकन गर्छौ भने उसलाई सधै असक्षम ठान्नेछौ ।
  • पहिले तिमीले खेलको नियम राम्रो संग बुझ्यौ भने मात्र त्यो खेल अरुले भन्दा राम्रो खेल्न सक्छौं ।

स्रोत edit