Wp/lif/नवराज सुब्बा

< Wp‎ | lif
Wp > lif > नवराज सुब्बा

नवराज सुब्बा कवि, गीतकार तथा निबन्धकार हुन्। नेपाली साहित्य र संगीत क्षेत्रमा मानवता, राष्ट्रप्रेम, र सीमान्त़कृतका आवाज उनका रचना मार्फत सुनिन्छन्। [1] उनी गायक पनि हुन्।

Nawa Raj Subba

उनको जन्म बिक्रम् सम्बत् २०१८ साल असोज महिनामा ताप्लेजुङ जिल्लाको हाङपाङ गाउँमा भएको हो। उनले लेखन कार्य ४० को दशकमा सुरु गरेता पनि आफ्नो प्रकाशन चाहि ७० को दशकतिर मात्र गरेको पाइन्छ । २०६४ सालमा सम्पन्न भएको पहिलो अनलाइन विश्व वेभ्क्याम कविता प्रतियोगितामा सर्वप्रथम भएपछि साहित्य क्षेत्रमा यिनी निकै चर्चित भए।[2] उनले साहित्य, सङ्गीत क्षेत्रमा निम्न कृतिहरू प्रकाशित गरेका छन।

शिक्षा तथा पेशा edit

त्रिभुवन विश्व विद्यालयमा सुब्बाले साहित्य तथा सामाजिक विज्ञान विषयहरुमा स्नातकोत्तर तह अध्ययन गरे। उनको पेशागत अध्ययन चाहिँ जनस्वास्थ्यमा स्नातकोत्तर हो। उनले तीन दशक भन्दा लामो सोही क्षेत्रमा काम गर्दा गर्दै त्यस क्षेत्रमा पनि वैज्ञानिक अध्ययन गरि अनुसन्धात्मक लेखहरू पनि प्रकाशित भएका छन्। स्वास्थ्य मनोविज्ञानको उनी एक विद्यावारिधि शोधार्थी पनि हुन।[3]

साहित्यिक कार्य edit

  १. ‘जीवन मेरो शब्दकोशमा’ कवितासङ्ग्रह (वि.स.२०६३) 
  २. ‘मनको मझेरी’ निबन्धसङ्ग्रह (वि.स.२०६४)
  ३. ‘बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रह (वि.स.२०६५)  
  ४. ‘सहिदलाई सलाम’ गीतसङ्ग्रह (वि.स.२०६७)
  ५. ‘यात्रा आधा शताब्दीको’ कवितासङ्ग्रह (वि.स.२०६८) 
  ६. ‘चीत्कार’ मुक्तकसङ्ग्रह (वि.स.२०६९)
  ७. ‘समयको स्वाद’ निबन्धसङ्ग्रह (वि.स.२०७०) 

Template:Col-begin Template:Col-break एकता टुटेको छ जसरी यो बल्ब फुटेको छ
बिजुलीको तार पनि बीचमा कतै छुुटेको छ
हाम्रो चोकमा रातदिन बलिरहने यो बत्तीको
स्वीच मोडेर त्यो पापी यतै–कतै लुकेको छ ।।
(चीत्कार मुक्तकसंग्रह) Template:Col-end

साङ्गीतिक कार्य edit

१. ‘देशको माया’ देशभक्ति गीति एल्बम (वि.स.२०६६) २. ‘लुकेको रहर’ गजल एल्बम (वि.स.२०६७) ३. ‘अमूल्य जीवन’ गीति एल्बम (वि.स.२०६८) ४. ‘हामी पहिले नेपाली’ देशभक्तिगीत एल्बम (वि.स.२०६९) ५. ‘हिमालैमा हिउँ’ लोकगीत एल्बम (वि.स.२०७०)

Template:Col-begin Template:Col-break नेपाली नेपाली हामी नेपाली
मधेशी होस वा जनजाति हामी नेपाली
हिमाल, पहाड, तराई माटोका रङ्ग एउटै छ
शर्मा या शेर्पा थारू या राई रगतको रङ्ग एउटै छ
नेपाली नेपाली हामी नेपाली ...
(हामी नेपाली देशभक्ति गीतिएल्बम) Template:Col-end

  • गीत-सङ्गीत (भिडियो)

१. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–१’ भिडियो एल्बम (वि.स.२०६७) २. प्रतिबिम्ब, भाग–२’ भिडियो एल्बम (२०६७) ३. प्रतिबिम्ब, भाग–३’ भिडियो एल्बम (२०६८) ४. प्रतिबिम्ब, भाग–४’ भिडियो एल्बम (२०६९)

साहित्यिक पुरस्कार edit

  • पहिलो अन्लाइन् विश्व वेभ्क्याम कविता प्रतियोगितामा सर्वप्रथम (वि.स.२०६४)
  • व्यथित काव्य वनिता पुरस्कार (वि.स.२०७०)
  • बबरसि थापा साहित्य सम्मान (वि.स.२०६४)
  • मोहन रेग्मी वाणी पुरस्कार (वि.स.२०६३)
  • जयन्द्र् प्रसाई साहित्य सम्मान (वि.स.२०६४)
  • पल्लभ साहित्य सम्मान (वि.स.२०६६)
  • नवरङ्ग साहित्य सम्मान (वि.स २०६३)


References edit

  1. Cite error: Invalid <ref> tag; no text was provided for refs named samakalinsahitya
  2. Cite error: Invalid <ref> tag; no text was provided for refs named sahityaghar
  3. Cite error: Invalid <ref> tag; no text was provided for refs named Baraili
  4. Cite error: Invalid <ref> tag; no text was provided for refs named madanpuraskar
  5. Cite error: Invalid <ref> tag; no text was provided for refs named sanjaal
  6. Cite error: Invalid <ref> tag; no text was provided for refs named soundcloud
  7. Cite error: Invalid <ref> tag; no text was provided for refs named cybernepal

refs= [1] [2] [3] [4] [5] [6] [7] }}


श्रेणी:नेपाली साहित्य श्रेणी:नेपाली साहित्यकारहरू श्रेणी:नेपाली संगीत श्रेणी:नेपाली गीतकार

Template:Stub

  1. This is Contemporary Nepali Literature reference http://www.samakalinsahitya.com/ website accessed on November 7, 2014.
  2. This is Madan Puraskar Library reference http://madanpuraskar.org/ website accessed on November 7, 2014.
  3. This is Sanjaal Corps Library reference http://sanjaal.com/ website accessed on November 7, 2014.
  4. This is Sound Cloud musical store https://soundcloud.com/nawaraj-subba website accessed on November 7, 2014.
  5. This is Cyber Nepal musical store https://web.archive.org/web/20141107144916/http://www.cybernepal.com.np/ website accessed on November 7, 2014.
  6. This is Sahityaghar https://web.archive.org/web/20141106174121/http://www.sahityaghar.com/intro.php website accessed on November 9, 2014.
  7. Baraili, C. (2068) Vyaktitwaka Biwidh Ayamharuma Nawa Raj Subba, www.nrsubba.com.np ISBN No. 978-9937-2-4107-6.