Wq/ne/पृथ्वीनारायण शाह

< Wq‎ | ne
Wq > ne > पृथ्वीनारायण शाह

पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए। स-साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरुलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ।

उद्धरण edit

  • मेरा साना दुःखले आर्ज्याको मुलुक होइन यो, चार वर्ण छत्तीस जात सबैको साझा फूलबारी हो, सबैलाई चेतना भया।
    • स्रोत: दिव्योपदेश
  • नेपाल दुई ढुङ्गाबीचको तरूल हो ।
    • स्रोत: दिव्योपदेश
  • जाइ कटक नगर्नु, झिकी कटक गर्नु ।
    • स्रोत: दिव्योपदेश
  • दक्षिणको बादशाह धूर्त छ ।
    • स्रोत: दिव्योपदेश
  • पाँडेको ढाल र बस्न्यातको तरबारले मैले काठमाण्डौ [कान्तिपुर, पाटन, भादगाउँ] माथि हमला गरे ।
    • स्रोत: दिव्योपदेश

उनको बारेमा उद्धरण edit

बाहिरी स्रोत edit